शुक्रबार, फागुन २९, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • भारतमा एकै दिन थप ४४ हजार ४८९ जनामा कोरोना, एक लाख ३५ हजारभन्दा बढीको निधन

भारतमा एकै दिन थप ४४ हजार ४८९ जनामा कोरोना, एक लाख ३५ हजारभन्दा बढीको निधन

भारतमा २४ घण्टाको अवधिमा थप ४४ हजार ४८९  व्यक्तिमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
 |  बिहीबार, मंसिर ११, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर ११, २०७७

काठमाडौं–  भारतमा २४ घण्टाको अवधिमा थप ४४ हजार ४८९  व्यक्तिमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।  

National life

योसहित भारतमा हालसम्म संक्रमितको संख्या ९२ लाख ६६ हजार सात सयभन्दा बढी नाघेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ। त्यसमध्ये ८६ लाख ७९ हजार १३८ व्यक्ति संक्रमणमुक्त भएका छन्। 

भारतमा कोरोना भाइरस संक्रमणबाट २४ घण्टामा थप ५२४ जनाको मृत्यु भएको छ। हालसम्म भारतमा कोरोनाका कारण  एक लाख ३५ हजार दुई सयभन्दा बढी मानिसले ज्यान गुमाएका छन्।  

मन्त्रालयका अनुसार हाल चार लाख ५२ हजार ३४४ व्यक्ति अझै पनि सक्रिय संक्रमित अवस्थामा छन्। भारतमा एकै दिन ५० हजारभन्दा कम संक्रमित भेटिएको यो लगातार १९ औं दिन हो।

भारतभरी सव भन्दा बढी कोरोना भाइरस प्रभावित राज्य महाराष्ट्रमा अझै पनि ८५ हजार ४८८ व्यक्ति सक्रिय  संक्रमित छन्। त्यसपछि केरलामा ६५ हजार २३४ व्यक्ति सक्रिय संक्रमित रहेका छन् भने राजधानी दिल्लीमा ३८ हजार २८७ जना सक्रिय संक्रमित रहेका छन्। 

Laxmi sunrise bank
kumari

भारतीय स्वास्थ्य अनुसन्धान परिषदले भारतमा कूल १३ करोड ५९ लाख ३१ हजारको पीसीआर परीक्षण गरेको जनाएको छ।  यो  । 

प्रकाशित: Nov 26, 2020| 06:45 बिहीबार, मंसिर ११, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।