बिहीबार, भदौ ४, २०८३

खोलाले बगाउदा बालिकाको मृत्यु

इलामको फाकफोकथुम र देउमाई बीचको मैदाने खोलाले बगाउँदा एक बालिकाको मृत्यु भएको छ।
 |  मंगलबार, असोज १२, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, असोज १२, २०७८

इलाम-इलामको फाकफोकथुम र देउमाई बीचको  मैदाने खोलाले बगाउँदा एक बालिकाको मृत्यु भएको छ। देउमाई–१ चमैता मामली घरमा बसेर पढ्दै आएकी  नौ वर्षीया सागरिका राईको मृत्यु भएको हो।

फाकफोकथुम गाउँपालिका– ६ स्थित फलाँटे माविमा कक्षा ४ मा अध्ययनरत राई सोमबार विद्यालयबाट फिर्कदै गर्दा खोलाले बगाएको थियो। 

भाइबहिनीलाई खोलाबाट तारेर आफू पनि तर्ने क्रममा बढेर आएको खोलाले  राईलाई बगाएर बेपत्ता बनाए पछि खोजतलास गर्दा ढुङ्गामा च्यापिएको अवस्थामा शव फेला पारिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। उनको शव मंगलबार पोष्टमार्टमका लागि जिल्ला अस्पताल ल्याइएको प्रहरीले जनाएको छ। 


प्रकाशित: Sep 28, 2021| 13:24 मंगलबार, असोज १२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।