सोमबार, भदौ २९, २०८३

कोरियामा ‘यो मेशिनको शहर’ प्रकाशित 

दक्षिण कोरियामा काम गर्दै साहित्य साधना गरिरहेका नेपाली कविका कविता कोरियाली भाषामा अनुवाद भई पुस्तकका रुपमा प्रकाशित गरिएको छ।  
 |  बुधबार, मंसिर १०, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर १०, २०७७

काठमाडौं– दक्षिण कोरियामा काम गर्दै साहित्य साधना गरिरहेका नेपाली कविका कविता कोरियाली भाषामा अनुवाद भई पुस्तकका रुपमा प्रकाशित गरिएको छ।  

‘यो मेशिनको शहर हो’ नामक प्रकाशित काव्यमा ३५ कविका दुईदुई कविता गरी ७० कविता समावेश छन्। 

कृतिमा सुरेशसिंह सम्बाहाङ्फे, सेसेफुङ सेर्मा, सुष्मा रानाहँछा, शकुन आँशु, खोम गुरुङ, बाबु बलिन्द्र, सुन्दर गाउँले, निर्गराज राई,  रमेश सायन,  गनिन्द्र विवश,  रामकुमार राई, मधु सिङ्जाली मगर, विङ्कल चेम्जोङ, सञ्जय काउछा, दीपा मेवाहाङ राई, यल्जी विवश, वियोगी काइँलालगायतका कविता समाविष्ट छन्।

युरेशिया कल्चरल फोरम दक्षिण कोरियाले प्रकाशन गरेको सो कृतिको सम्पादन नेपाली कवि पराजित पोमुले गरेका हुन्।  कविता कोरियाली भाषामा मोहन कार्की (नेपाल) र कि जु लि (दक्षिण कोरिया)ले संयुक्तरुपमा अनुवाद गरेका हुन्। 

सङ्ग्रहमा कोरियाको औद्योगिक क्षेत्रमा उठ्ने गरेको सामाजिक समस्याका साथै अन्य विषयमा  लेखिएका कविता राखिएका छन्।

कृतिलाई रेड अवार्ड
प्रकाशनको केही दिनमै ‘यो मेशिनको शहर हो’ कृतिलाई दक्षिण कोरियाको राजधानी सउलमा रुसी बोल्सेभिक क्रान्तिको स्मृतिका अवसरमा आयोजित कार्यक्रममा ‘रेड अवार्ड’ प्रदान गरिएको छ। 

कोरियामा विभिन्न सामाजिक क्षेत्रमा उठ्ने गरेका समस्याका विषयमा आधारित कला, सङ्गीत, साहित्य  र समाजसेवा गरी चार विधालाई छनोट गरी प्रत्येक वर्ष कोरियाको प्रगतिशील पक्षधरले पुरस्कार प्रदान गर्ने गर्छ। 

प्रकाशित: Nov 25, 2020| 06:15 बुधबार, मंसिर १०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।