आइतबार, वैशाख ७, २०८२

नेप्से १८०० माथि, यसकारण बढ्यो बजार

सेयर बजार परिसूचक (नेप्से) मंगलबार २९.६८ अंकले उकालो लागेर १८१०.११ अंकमा अडिएको छ। 
 |  मंगलबार, मंसिर ९, २०७७
nespernesper

शर्मिला ठकुरी

शर्मिला ठकुरी

मंगलबार, मंसिर ९, २०७७

vianetvianet

काठमाडौं– सेयर बजार परिसूचक (नेप्से) मंगलबार २९.६८ अंकले उकालो लागेर १८१०.११ अंकमा अडिएको छ। 

triton college

करिब चार वर्ष चार महिनापछि सेयर बजार १८०० अंकभन्दा माथि उक्लिएको हो। 

आज सेयर बजारमा पाँच अर्ब ४४ करोड रुपैयाँ बराबरको कारोबार भएको छ। गत बिहीबार नेप्सेले ६ अर्ब ९० करोडको कारोबार गरेर रेकर्ड कायम गरेको थियो। 

डा. बाबुराम भट्टराई अर्थमन्त्री हुँदा २९० मा झरेको बजार बीचमा उकालो लाग्दै २०७३ साउन १२ गते १८८१ अंकमा पुगेको थियो।

तर २०७४ मा डा. युवराज खतिवडा अर्थमन्त्री भएपछि पुनः सेयर बजार ओरालो लाग्न थालेको थियो। यी दुवै अर्थमन्त्री सेयर बजारको लागि अफापसिद्ध भए। 

National life insurance

अर्थमन्त्री भएपछि डा. भट्टराईले सेयर बजारलाई ‘जुवाघर’ को संज्ञा दिएका थिए भने डा. खतिवडाले ‘अनुत्पादक क्षेत्र’ भएको बताएका थिए। 

जसको कारण लगानीकर्ता सेयर बजारप्रति आकर्षित भएनन्। यतिमात्र होइन दुवै अर्थमन्त्रीले आफ्नो समयमा सेयर बजारलाई उभो लगाउनका लागि नीतिगत व्यवस्था पनि गरेनन्। 

अर्थमन्त्रीको रुपमा विष्णु पौडेल आएपछि भने बजारले पुनः रंग फेरेको छ। पौडेलको आगमनसँगै बजार हरियाली हुँदै गइरहेको छ।

नेप्सेले विकास गरेको अनलाइन कारोबार प्रणालीका कारण कोरोनाले उत्पन्न विषम् परिस्थितिमा लगानीकर्ताहरूले सेयर बजार नै रोजेका छन्। 

अहिले बजारमा अन्यत्र लगानी गर्ने ठाउँ नभएका कारण बजारप्रति सबैको आकर्षण बढेको लगानीकर्ता संघको ठम्याइ छ। 

दसैं‌पछि झनै बजारप्रति लगानीकर्ता आकर्षित भएको संघका अध्यक्ष छोटेलाल रौनियार बताउँछन्। 

सेयर बजार बढ्नुका विभिन्न कारणमध्ये पहिलो कारण अहिले बैंक तथा वित्तीय संस्थाहरूसँग पर्याप्त तरलता छ। लगानी गर्ने ठाउँ नभएकोले बचतमा २ प्रतिशतसम्म ब्याज दिइरहेका छन्। कर्जा प्रवाह पनि एकल अंकमा झरेको छ। यसैको फाइदा उठाउँदै लगानीकर्ताहरूले सेयर बजारमा लगानी गरिरहेका छन्। 

त्यस्तै, दोस्रो कारण हो– नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले अनलाइन कारोबार सुरु गर्नु। नेप्सेका प्रवक्ता मुरारी पराजुलीका अनुसार लकडाउन र कोरोना महामारीको बीचमा पनि घरबाटै कारोबार गर्न लगानीकर्तालाई सहज भएको छ। लगानीका क्षेत्र सिमित हुँदा पनि सेयर बजार उकासियो। 

त्यसैगरी बैंक तथा वित्तीय संस्थाहरू कोरोनाका कारण घाटामा जाने धेरैको अनुमान थियो। तर बैंकको नाफा अनुमान गरेजसरी नघटेपछि त्यस्ता कम्पनीमा लगानीकर्ताको आकर्षण देखिएको छ। 

सेयर बजार बढ्नुको मुख्य कारण हो–अर्थमन्त्री। विष्णुप्रसाद पौडेलले निवर्तमान अर्थमन्त्री डा. खतिवडाले गरेको केही अलोकप्रिय निर्णय उल्ट्याएका छन्। 

डा. खतिवडाले गरेको सेयर बजार विरोधी नीति पनि उल्टिन्छन् भन्ने आशामा लगानीकर्ता दोस्रो बजारप्रति आकर्षित भएका छन्।

मंगलबार होटल समूहको सूचक ३४.९२ अंकले ओरालो लाग्यो भने बाँकी समूहगत सेयर सूचकहरु उकालो लागेका छन्। 

आज बैकिङ १.४४, व्यापार १७२.६३, विकास बैंक १२.८६, जलविद्युत् २१.३२ फाइनान्स ६.२३, निर्जिवन बीमा ३२७.५१, उत्पादनमुलक २२७.१२, लघुवित्त २५.५९, जीवन बीमा २४८.५२ म्याचुअल फण्ड ०.१ र अन्य समूह ६१.५१ अंकले उकालो लागेको छ। 

मंगलबार आठ कम्पनीको सेयर सर्किट लेभलमा कारोबार भएको छ। आज बोटलर्स नेपालको सेयर मूल्य ९.९९ प्रतिशतले बढेको छ।

हिमालयन डिस्टिलरी, विशाल बजार कम्पनी, आँखुखोला हाइड्रोपावर, मल्टिपर्पस फाइनान्स, अजोड इन्स्योरेन्स, ङ्यादी ग्रुप पावर र नेको इन्स्योरेन्स कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा बढीले उकालो लागेको छ। 

बढेको बजारमा पनि सोल्टी होटल, सप्तकोशी डेभलपमेन्ट बैंक, जानकी फाइनान्स, युनिलिभर लिमिटेडको सेयर मूल्य भने घटेको छ। 

मंगलबार एनआइसी एशिया बैंकको ३७ करोड ३३ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ भने नेपाल दूरसञ्चार कम्पनीको २८ करोड ५१ लाख कारोबार भएको छ। 

प्रकाशित: Nov 24, 2020| 11:05 मंगलबार, मंसिर ९, २०७७
प्रतिक्रिया दिनुहोस्