शुक्रबार, फागुन २९, २०८२

महामारीकै बीचमा हरिद्वारमा कुम्भ मेलाको तयारी

मुख्यमन्त्री त्रिवेन्द्र सिंह रावतले आगामी वर्ष हरिद्वारमा दिव्य रुपमा कुम्भ मेला आयोजना गरिने बताएका छन्। मेला २०२१ मार्च ११ देखि १७ अप्रिल सम्म चल्नेछ। 
 |  मंगलबार, मंसिर ९, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर ९, २०७७

भारतको उत्तराखण्ड राज्य प्रसिद्ध तीर्थस्थल हरिद्वारमा कुम्भ मेला आयोजनाको तयारीमा जुटेको छ। 

National life

मुख्यमन्त्री त्रिवेन्द्र सिंह रावतले आगामी वर्ष हरिद्वारमा दिव्य रुपमा कुम्भ मेला आयोजना गरिने बताएका छन्। मेला २०२१ मार्च ११ देखि १७ अप्रिल सम्म चल्नेछ। 

कुम्भ मेलाका अधिकारी दीपक रावतले डिसेम्बर अन्त्यसम्म पुल तथा सडक निर्माण कार्य सम्पन्न गरिने बताए। 

घाटहरुलाई सुन्दर बनाउने काम जारी छ भने नौ वटा नयाँ घाट, आठवट पुल निर्माण भइरहेको छ।

मेला आयोजनाका लागि हरिद्वारमा एक हजार बेडको कोभिड १९ अस्पताल र १५० बेडको अर्को अस्पतालको व्यवस्था गर्न लागिएको छ। यसैगरी बसपार्क र सीमावर्ती क्षेत्रहरुमा पनि बोर्डर पोस्ट अस्पताल बनाउने काम भइरहेकाे छ।

Laxmi sunrise bank
kumari

कुम्भ मेला अधिकारी दीपक रावतले भने, 'कुम्भ मेला कसरी आयेजना हुन्छ, यसको स्वरुप कस्तो हुन्छ भन्ने बारेमा राज्य सरकारले १५ फरवरीमा निर्णय गर्नेछ।'

भारतमा अहिलेसम्म ९१ लाखभन्दा मानिस कोरोना संक्रमित भएका छन् भने एक लाख ३० हजारभन्दा बढीको मृत्यु भएको छ। कोरोना संक्रमण धेरै हुनेमा भारत विश्वमा दोस्रो स्थानमा छ। 

उत्तराखण्डमा मात्र ७१ हजारलाई कोरोना संक्रमण भएको छ भने एक हजार १०० संक्रमितको मृत्यु भएको छ।

कुम्भ मेला हिन्दु धर्मका धार्मिक घटनामध्ये प्रमुख मानिन्छ। हरेक १२ वर्षमा चार पटक पवित्र नदी किनारमा मेला आयोजना हुन्छ। 

कुम्भ मेला भारतको हरिद्वारको गंगा नदीमा, उज्जैनको शिप्रामा, नासिकको गोदावरीमा तथा गंगा, जमुना र सरस्वतीको संगम प्रयागराजमा हरेक १२ १२ आयोजना गरिँदै आएको छ। 

कुम्भ मेलाका क्रममा गंगा नदीमा डुबुल्की मारेमा सबै पापबाट मुक्त हुने र मोक्ष प्राप्त हुने धार्मिक विश्वास छ।

पौराणिक कथनअनुसार देवता र राक्षसबीच समुद्र मन्थनबाट निस्किएको अमृतको घडा (कुम्भ) कसले पाउने भन्ने विषयमा विवाद भई युद्ध भएछ। युद्ध देवताले जितेछन्। विष्णुले अमृतको घडा बोकेर स्वर्ग जाँदै गर्दा अमृत हरिद्वार, प्रयागराज, उज्जैन र नासिकमा खसेछ।

विष्णुको स्वर्गको यात्रा १२ दिनसम्म चलेछ। जुन मानिसका लागि १२ वर्ष हो। सोही कारण यी चार स्थानमा १२ १२ वर्षमा कुम्भ मेला लाग्दै आएको विश्वास छ।

चार कुम्भ मेलामध्ये हरेक ६ ६ वर्षमा प्रयागराज र हरिद्वारमा अर्ध कुम्भ मेला आयोजना गरिन्छ। पूर्ण कुम्भ मेला भने हरेक १२ वर्षमा चार पवित्र स्थल (नासिक, उज्जैन, हरिद्वार र प्रयागराज) मध्ये कुनै एक तीर्थस्थलमा आयोजना गरिन्छ। 

प्रयागराजमा १२ पटक कुम्भ मेला आयोजना भएपछि १४४ वर्षमा एक पटक महाकुम्भ आयोजना गरिन्छ।

कुम्भ मेलाको लिखित प्रमाण भागवत पुराणमा पाइन्छ। मेलाका बारेमा चिनियाँ यात्री ह्वेन साङले पनि उल्लेख गरेका छन्। उनी हर्षवर्धनको शासनकाल (सन् ६२९–६४५) मा भारत भ्रमणमा गएका थिए।

सन् १९०३ मा आयोजित कुम्भ मेलामा ४० लाख श्रद्धालु सहभागी थिए। त्यसको ११० वर्षपछि आयोजित मेलामा १२ करोड मानिसले कुम्भ मेलामा स्थान गरेका थिए। 

पछिल्लो पटक इलाहावादमा आयोजित अर्धकुम्भ मेलामा पाँच करोड श्रद्धालुले गंगामा डुबुल्की मारेका थिए।

कुम्भ मेला प्लेग, हैजा जस्ता महामारीका बेला र दोस्रो विश्वयुद्धका बेला पनि आयोजना गरिएको थियो।

कुम्भ मेलामा नागा भिक्षुहरुले सबैको ध्यान आकर्षण गर्छन्। उनीहरु शाही स्नानमा भाग लिनेमा अग्रणी हुन्छन्। कुम्भ मेला उद्घाटनका क्रममा उनीहरुले मार्ने डुबुल्की निकै रमाइलो हुन्छ।

इन्डियन एसोसिएसन अफ एपिडिमियोलोजिस्टका उपाध्यक्ष एवम् जनस्वास्थ्य विशेषज्ञ डा. जुगल किशोरले भने कोरोना भाइरस नियन्त्रणमा नआएसम्म यस्ता मेला आयोजना गर्नु जोखिम हुने बताएका छन्।

उनले मेलामा हुने खर्च कोरोना उपचारमा गर्न पनि आग्रह गरे। उनले भने, 'यस्ता मेला हामी अर्को वर्ष पनि मनाउन सक्छौं। कोभिड १९ तत्काल अन्त्य हुने कुनै सम्भावना छैन। त्यसैले यस्ता कार्यक्रम गर्नु उचित हुँदैन।' 
 

प्रकाशित: Nov 24, 2020| 09:13 मंगलबार, मंसिर ९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।