बिहीबार, भदौ ४, २०८३

पोखरा र बागलुङ बसपार्कमा सहायता कक्ष

आसन्न विजयादशमी, दीपावलीलगायतका चाडपर्वका समयमा यात्रुलाई आवश्यक सहयोगका लागि पोखराका दुई स्थानमा ‘यात्रु सहायता कक्ष’ सञ्चालन गरिएको छ।
 |  मंगलबार, असोज १२, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, असोज १२, २०७८

काठमाडौं- आसन्न विजयादशमी, दीपावलीलगायतका चाडपर्वका समयमा यात्रुलाई आवश्यक सहयोगका लागि पोखराका दुई स्थानमा ‘यात्रु सहायता कक्ष’ सञ्चालन गरिएको छ।

जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालयले पोखरा–९ पृथ्वीचोकस्थित बसपार्क र पोखरा–२ स्थित बाग्लुङ बसपार्कमा सहायता कक्ष सोमबारदेखि सञ्चालनमा ल्याइएको हो।

सहायता कक्षमा एक ट्राफिक र एक जनपथ गरी दुई जना प्रहरी छन्। कक्षबाट यात्रु तथा सर्वसाधारणका गुनासालाई सम्बोधन गर्ने, सूचना संकलन गर्ने र कोभिड–१९ का बारेमा सचेतना जगाउँदै मास्कलगायत स्वास्थ्य सामग्री वितरण गरिने जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक अमृत बस्नेतले बताए।

चाडपर्वका बेला अन्य समयको तुलनामा यात्रुको चाप बढी हुने, सुरक्षा चुनौती रहने र यातायात मजदुरलगायतबाट यात्रु ठगिने सम्भावना भएकाले सो न्यूनीकरणका लागि सहायता कक्ष सञ्चालनमा ल्याइएको उनले बताए।

‘विशेषगरी यात्रुलाई चाडपर्वका बेला आफ्नो गन्तव्यसम्म पुग्न कुनै पनि किसिमको कठिनाइ नहोस् र सुरक्षासम्बन्धी चुनौती नआओस् भनेर सहायता कक्ष सञ्चालन गरेका हौं,’ उनले भने।

चाडपर्वका बेला यातायात मजदुर तथा व्यवसायीले तोकिएभन्दा बढी भाडा लिने, सिट क्षमताभन्दा बढी यात्रु राख्ने तथा निर्धारित गन्तव्यमा नपुर्‍याई बीचबाटामै छाडिदिने, यात्रुका सामान हराउनेलगायत गुनासा यात्रुबाट आउने गरेकाले सहायता कक्षबाट समाधान गरिने प्रहरीको भनाइ छ। कक्षमा ९८५६०१८३३० नम्बरको मोबाइल फोनको व्यवस्था गरिएको छ।

प्रहरीले विगत वर्षमा समेत दशंैदेखि छठ पर्वसम्म सहरका विभिन्न स्थानमा सहायता कक्षबाट सेवा दिने गरेको थियो। चाडपर्वलाई लक्षित गरेर जिल्लाभित्र विभिन्न १५ स्थानमा चेक प्वाइन्ट स्थापना गरिएको बस्नेतले जनाए। पोखरा बसपार्कबाट पूर्वमेचीदेखि पश्चिम महाकालीसम्म दिवा तथा रात्रि सेवाका बस सञ्चालन हुने गरेको छ।

बाग्लुङ बसपार्कबाट साविकको धवलागिरि अञ्चलका पर्वत, म्याग्दी, बाग्लुङलगायतका जिल्लासहित ग्रामीण र छोटो दूरीमा बस सञ्चालन हुन्छ।

त्यस्तै, पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एशोसिएसनले जिल्ला ट्राफिक प्रहरी कार्यालयलाई ट्राफिक सङ्केत ज्याकेट, ट्राफिक सचेतना स्टिकर र मास्क हस्तान्तरण गरेको छ। एशोसिएसनका अध्यक्ष मोहनबाबु खड्काले सो सामग्री ट्राफिक प्रमुख बस्नेतलाई प्रदान गरेका हुन्। एशोसिएसनले विगतदेखि नै ट्राफिक प्रहरीसँगको समन्वयमा पोखरामा ट्राफिक सचेतना कार्यक्रम गर्दै आएको छ। -रासस

प्रकाशित: Sep 28, 2021| 09:43 मंगलबार, असोज १२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।