मंगलबार, फागुन २६, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • भारतमा सबै धर्मका अनुयायीको प्रजनन दरमा ठूलो ह्रास : अध्ययन

भारतमा सबै धर्मका अनुयायीको प्रजनन दरमा ठूलो ह्रास : अध्ययन

भारतमा सबै धार्मिक समूहमा प्रजनन दरमा ठूलो ह्रास आएको एक अध्ययनले देखाएको छ।
 |  मंगलबार, असोज १२, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, असोज १२, २०७८

नयाँ दिल्ली -  भारतमा सबै धार्मिक समूहमा प्रजनन दरमा ठूलो ह्रास आएको एक अध्ययनले देखाएको छ। प्यू रिसर्च सेन्टरले गरेको एउटा अध्ययनबाट यस्तो तथ्यांक सार्वजनिक भएको बीबीसीले जनाएको छ।

National life

सन् १९५१ पछि त्यहाँको धार्मिक संरचनामा "सामान्य मात्र परिवर्तन" देखिएको छ। भारतको एक अर्ब २० करोड जनसङ्ख्यामा दुईवटा ठूला धार्मिक समूह हिन्दू र मुस्लिमले ९४ प्रतिशत भाग ओगटेका छन्।

बाँकी ६ प्रतिशतमा इसाई, सिख, बौद्ध र जैन छन्। भारतमा प्रत्येक दश वर्षमा हुने जनगणना र राष्ट्रिय परिवार स्वास्थ्य सर्वेक्षण (एनएफएचएस) को तथ्याङ्कमा आधारित भएर प्यू रिसर्च सेन्टरको अध्ययनले देशको धार्मिक संरचना कसरी परिवर्तन भयो र त्यो परिवर्तनका पछाडिका मुख्य कारण के हुन् भनेर जाँच गरेको थियो।

औपनिवेशिक भारतको सन् १९४७ मा हिन्दूबहुल भारत र मुस्लिमबहुल पाकिस्तानमा विभाजन भएपछि जनसङ्ख्या तीन गुनाभन्दा बढी भएको छ।

सन् १९५१ मा भारतको जनसङ्ख्या ३६ करोड १० लाख थियो भने सन् २०११ मा त्यो बढेर एक अर्ब २० करोडभन्दा बढी भयो। सन् १९५१ देखि स्वतन्त्र रूपमा जनगणना हुन थालेको भारतमा पछिल्लो पटक सन् २०११ मा जनगणना भएको थियो।

Laxmi sunrise bank
kumari

उक्त अध्ययनले सो अवधिमा भारतका सबै धर्मका अनुयायीको जनसङ्ख्यामा वृद्धि पाएको छ। हिन्दुको जनसङ्ख्या ३० करोड ४० लाखबाट बढेर ९६ करोड ६० लाख, मुस्लिमको जनसङ्ख्या तीन करोड ५० लाखबाट बढेर १७ करोड २० लाख र आफूलाई इसाई भनेर चिनाउने भारतीयको सङ्ख्या ८० लाखबाट बढेर दुई करोड ८० लाख पुगेको छ।

कसको प्रजनन दर कति?

मुस्लिमहरूको प्रजनन दर अहिले पनि उच्च छ। सन् २०१५ को विवरणअनुसार एक मुस्लिम महिलाले २.६ बच्च जन्माउँछिन्। त्यसपछि हिन्दूहरूको प्रजनन दर उच्च छ। एक हिन्दू महिलाले २.१ बच्चा जन्माउने दर देखिएको छ।

जैनको प्रजनन दर भने सबैभन्दा कम छ। एक जैन महिलाले बच्चा जन्माउने दर १.२ रहेको छ।

उक्त अध्ययनअनुसार सन् १९९४ मा र अहिले प्रजनन दरको सामान्य स्वरूप उस्तै छ। त्यस बेला पनि मुस्लिमहरूको प्रजनन दर उच्च (४.४) थियो भने दोस्रोमा हिन्दूहरू (३.३) थिए।

"तर बच्चा जन्माउने अन्तर भारतका धार्मिक समूहहरूमा सामान्यतया पहिलेको तुलनामा एकदमै झिनो छ," उक्त अध्ययनले भनेको छ।

अनि विगतका दशकहरूमा जनसाङ्ख्यिक वृद्धि हिन्दूको भन्दा अधिक देखिएका सीमान्त समूहहरूमा अहिले त्यस्तो वृद्धि निकै सुस्त भएको स्पष्ट देखिएको छ।

धार्मिक अनुसन्धानमा विशेषज्ञता भएकी प्यू रिसर्च सेन्टरकी एक वरिष्ठ अनुसन्धाता स्टेफनी क्रेमरका अनुसार रोचक कुरा के हो भने मुस्लिमहरूमा एकै पुस्तामा २५ वर्ष मुनिका प्रतिमहिला दुई बच्चाको प्रजनन दरमा कमी आएको छ।

भारतमा एक महिलाले बच्चा जन्माउने औसत दर सन् १९९० को आरम्भतिर ३.४ रहेकोमा सन् २०१५ मा घटेर २.२ भएको छ। उक्त दर मुस्लिमहरूमा ४.४ बाट घटेर २.६ भई अझ तीव्र बनेको देखिएको छ।

प्रकाशित: Sep 28, 2021| 00:05 मंगलबार, असोज १२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।