मंगलबार, फागुन २६, २०८२

परीक्षामा 'चिट चोर्न'का लागि चप्पलमा ब्लुटुथको प्रयोग

भारतको राजस्थानमा परीक्षामा चिट चोर्नका लागि चप्पलमा ब्लुटुथको प्रयोग गरिएको पाइएको छ। २६ सेप्टेम्बरमा भएको राजस्थान शिक्षकको परीक्षामा यस्तो गरिएको पाइएको हो।
 |  सोमबार, असोज ११, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, असोज ११, २०७८

नयाँ दिल्ली- भारतको राजस्थानमा परीक्षामा चिट चोर्नका लागि चप्पलमा ब्लुटुथको प्रयोग गरिएको पाइएको छ। २६ सेप्टेम्बरमा भएको राजस्थान शिक्षकको परीक्षामा यस्तो गरिएको पाइएको हो। 

National life

३१ हजार पदका लागि खुला गरिएको उक्त परीक्षमा करिब १३ लाखले आवेदन दिएका थिए। परीक्षामा कुनै पनि चिट चोरी नहोस् भन्‍नका लागि राज्यभर राज्यभर १२ घण्टासम्म इन्टरनेट सेवा बन्द गरिएको थियो। तर, सरकाको उक्त प्रयासका बाबजूद पनि परीक्षार्थीहरुले भने अरु विभिन्‍न बाहना गरेर चिट चोरी गरेको पाइएको छ। 

जसमा कानमा लगाउनुपर्ने ब्लुटुथसँगै चप्पलमा ब्लुटुथ डिभाइस लगाइएको पाइएको हो। प्रहरीले राजस्थानको बिकानेर परीक्षा केन्दरबाट  परीक्षाभन्दा अगावै यसरी चप्पलमा ब्लुटुथ लगाएर नक्कल गर्ने परीक्षार्थीको गिरोहलाई पक्राउ गरेको हो। जसमा प्रहरीले पाँच जनालाई नियन्त्रणमा लिएको बीबीसीले जनाएको छ। 

उनीहरुसँग गरिएको सोधपुछका आधारमा प्रतापगढ, सीकर, अजमेरबाट पनि ब्लुटुथको प्रयोग गरिरहेका परीक्षार्थीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो। 


प्रकाशित: Sep 27, 2021| 23:20 सोमबार, असोज ११, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।