मंगलबार, फागुन २६, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • पाकिस्तानले भन्‍यो - भारत आतंकवादको प्रायोजक हो, जम्मु-काश्‍मीर भारतको आन्तरिक मामिला होइन

पाकिस्तानले भन्‍यो - भारत आतंकवादको प्रायोजक हो, जम्मु-काश्‍मीर भारतको आन्तरिक मामिला होइन

संयुक्त राष्ट्रसंघमा शनिबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो सम्बोधनका क्रममा उठाएका विषयहरुको प्रतिक्रिया दिन पाकिस्तानले राइट टु रिप्लाईको प्रयोग गर्दै सोमबार भारतमाथि नै आरोप लगाइएको हो।
 |  सोमबार, असोज ११, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, असोज ११, २०७८

नयाँ दिल्ली- पाकिस्तानले भारत आतंकवादको प्रायोजक भएको आरोप लगाएको छ। 

National life

संयुक्त राष्ट्रसंघमा शनिबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो सम्बोधनका क्रममा उठाएका विषयहरुको प्रतिक्रिया दिन पाकिस्तानले राइट टु रिप्लाईको प्रयोग गर्दै सोमबार भारतमाथि नै आरोप लगाइएको हो। 

पाकिस्तानका तर्फबाट भारतले उठाएका विषयहरुमा प्रतिक्रिया दिँदै संयुक्त राष्ट्रसंघका लागि पाकिस्तानी प्रतिनिधि साइमा सलिमले भारत आतंकवादको प्रायोजक भएको र आतंकवादलाई वित्त पोषण गरिरहेको बताएकी हुन्। 

यसअघि भारतले पाकिस्तानमाथि आतंकवादलाई हतियारको रुपमा प्रयोग गरेको आरोप लगाएको थियो। उक्त आरोपको जवाफमा साइमाले भनिन्, 'भातरले आतंकवादको बनावटी कुराहरुको प्रयोग गर्दै पुराना तरिकाहरुलाई दोहोर्‍याएर विगतमा कुनै विस्तारवादी मुलुकले गरिरहेको व्यवहारतर्फ अग्रसर देखिन्छ।'

भारतले नै यस क्षेत्रमा आतंकवादलाई वित्त पोषण गरिरहेको आरोप लगाएकी हुन्। उनले जम्मु काश्‍मीर पूर्णरुपमा कहिल्यै पनि भारतको भूभाग नभएकोसमेत बताएकी छन्। उनले भनिन्, 'जम्मु काश्‍मीर कहिल्यै पनि पूर्णरुपमा भारतको भूभाग थिएन। न त जम्मु काश्‍मीर भारतको आन्तरिक मामिलाको मात्र विषय नै हो।' 

Laxmi sunrise bank
kumari

जम्मु काश्‍मीर सुरुवात देखि नै अन्तर्राष्ट्रिय विवादको विषय भएको सुरक्षा परिषद्‌का कयौं प्रस्तावहरुमा यसको अन्तिम फैसला राष्ट्रसंघको निगरानीमा गरिनुपर्ने उल्लेख गरिएकोसमेत उनले बताएकी छन्। 

यसअघि भारतले जम्मु काश्मीर भारतको आन्तरिक मामिला भएको र यसलाई पाकिस्तानले अन्तर्राष्ट्रिय मञ्‍चमा उठाएर भारतको बद्‌नाम गर्न खोजेको बताएको थियो। 

प्रकाशित: Sep 27, 2021| 22:40 सोमबार, असोज ११, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।