शुक्रबार, भदौ २६, २०८३

राष्ट्रपति भण्डारी छठ पूजामा सहभागी नहुने 

राष्ट्रपति विद्यादेवी भण्डारी कोरोनाको महामारीका कारण यस वर्षको छठ पर्वका अवसरमा काठमाडौँका विभिन्न स्थानमा हुने पूजामा सहभागी नहुने भएकी छिन् । 
 |  शुक्रबार, मंसिर ५, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर ५, २०७७

काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारी कोरोनाको महामारीका कारण यस वर्षको छठ पर्वका अवसरमा काठमाडौँका विभिन्न स्थानमा हुने पूजामा सहभागी नहुने भएकी छिन् । 

राष्ट्रपतिको कार्यालयले विज्ञप्ति जारी गरी छठ पर्वका कार्यक्रमहरुमा सहभागी नहुने जनाएको हो । कोरोनाको महामारीका कारण यस्तो निर्णय लिइएको विज्ञप्तिमा उल्लेख छ । 

राष्ट्रपति भण्डारी विगत वर्षमा काठमाडौँका गुहेश्वरी–गौरीघाट र कमलपोखरीमा सहभागी हुने गरेकी थिइन्। 

नेपालको विशेषगरी तराई तथा मधेश क्षेत्रमा मनाइने छठ पर्व हाल काठमाडौं उपत्यकालगायत अन्य पहाडी तथा हिमाली जिल्लाहमा समेत हर्षोल्लासका साथ मनाइन्छ । तर यस वर्ष कोरोना भाइरसको संक्रमणका कारण अघिल्ला वर्षहरुमा जस्तो छठ पर्वको उल्लास छैन ।

कार्तिक शुक्ल चतुर्थीदेखि पञ्चमी, षष्ठी र सप्तमीका दिनसम्म नदी, तालतलैया वा पोखरीका किनारमा अस्ताउँदो र भोलिपल्ट उदाउँदो सूर्यलाई अर्घ दिएर यो पर्व मनाइन्छ ।
 

प्रकाशित: Nov 20, 2020| 01:40 शुक्रबार, मंसिर ५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।