शुक्रबार, भदौ २६, २०८३

प्रदेश १ मा ५६० जना डिस्चार्ज, २१८ संक्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश १ मा ५६० जना डिस्चार्ज भएका छन्।
 |  बिहीबार, मंसिर ४, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर ४, २०७७

विराटनगर– पछिल्लो २४ घण्टामा प्रदेश १ मा ५६० जना डिस्चार्ज भएका छन्।

होम आइसोलेसनबाट ५४०, मेची अस्पतालबाट ७, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट ५, कोशी अस्पताल कोभिड १९ उपचार केन्द्र र विराट मेडिकल कलेजबाट ४–४ जा डिस्चार्ज भएका हुन्। हालसम्म डिस्चार्ज हुनेको संख्या १९ हजार ७८७ पुगेको छ।

प्रदेश १ मा २१८ जना कोरोना संक्रमित थपिएका छन्। मोरङमा ८६, सुनसरीमा ५४, झापामा ४४, पाँचथरमा ११, संखुवासभामा ४, इलाममा ३, उदयपुरमा २, धनकुटा र भोजपुरमा १–१ र प्रदेश १ बाहिरका १२ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ। 

विराटनगरमा ६८, कानेपोखरीमा ४, उर्लाबारीमा २, पथरीशनिश्चरे, रंगेली, धनपालथान, जहदा, सुन्दरहरैचा, रतुवामाई, बुढीगंगा, मिक्लाजुङ र बेलबारीमा १–१ र स्थानीय तह नखुलेका ३ जनाको रिपोर्ट पोजेटिभ आएको छ। 

सुनसरीको धरानमा २३, इटहरीमा २१, रामधुनीमा ३, इनरुवा, दुहवी, भोक्राहानरसिंहमा २–२ र बराहक्षेत्रमा १, झापाको  दमकमा ११, विर्तामोडमा ७, मेचीनगर र झापा गाउँपालिकमा ५–५, भद्रपुर र कमल गाउँपालिकामा ४–४, हल्दिबारीमा ३, कनकाईमा २, गौरादह, शिवसताक्षी र अर्जुनधारामा १–१ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

उता पाँचथरको फिदिममा ११, संखुवासभाको खाँदबारीमा ४, इलामको इलाम नगरपालिकामा २ र माईजोगमाईमा १, उदयपुरको त्रियुगा र चौदण्डीगढीमा १–१, धनकुटा र भोजपुरमा १–१ र प्रदेश १ बाहिरका १२ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । हालसम्म कोरोना संक्रमितको संख्या २४ हजार ७३४ पुगेको छ।

प्रदेश १ मा विहीबार ८३३ जनाको पीसीआर परीक्षण गरिएको छ। परीक्षण गरिएका मध्ये ९९ महिला र ११९ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो। हालसम्म १ लाख ८१ हजार ३६३ जनाको पीसीआर परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।
 

प्रकाशित: Nov 19, 2020| 11:46 बिहीबार, मंसिर ४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।