शुक्रबार, भदौ २६, २०८३
  • गृहपृष्ठ
  • समाज
  • दुष्कर्मको भिडियो बनाई ब्ल्याकमेल गर्ने युवक पक्राउ

दुष्कर्मको भिडियो बनाई ब्ल्याकमेल गर्ने युवक पक्राउ

जबरजस्ती करणीको अश्लील भिडियो बनाई ब्ल्याकमेल गर्ने एक युवक पक्राउ परेका छन्।
 |  बिहीबार, मंसिर ४, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर ४, २०७७

जनकपुरधाम- जबरजस्ती करणीको अश्लील भिडियो बनाई ब्ल्याकमेल गर्ने एक युवक पक्राउ परेका छन्।

सिरहाको कल्याणपुर नगरपालिकाकी २२ वर्षीया युवतीलाई जबरजस्ती करणी गरी भिडियो बनाएर ब्ल्याकमेल गरेको आरोपमा एकजनालाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रमुख सन्तु कुमार जैसवारले जानकारी दिए। 

भिडियो बनाउने कल्याणपुर नगरपालिका वडा नं ४ का २० वर्षीय युवक अजय महरालाई पक्राउ गरिएको र जबरजस्ती करणी गर्ने २३ वर्षीय जितन राम अहिले फरार रहेको उनले बताए। 

मंसिर २ गते राति ती महिलालाई सोही नगरपालिका वडा नं ४ का जितन रामले जबरजस्ती करणी गरेको र उसको साथी अजयले भिडियो बनाएका थिए।

दुवै साथीले बनाएको भिडियो देखाई व्ल्याकमेल गर्दै महिलालाई पटकपटक जबरजस्ती करणी गर्ने योजना बनाएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ। भिडियो बनाउने युवकलाई पक्राउ गरिएको र फरार रहेका अर्का युवकको खोजी भइरहेको सिरहा प्रहरीले जनाएको छ।

प्रकाशित: Nov 19, 2020| 11:41 बिहीबार, मंसिर ४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।