सोमबार, भदौ २९, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • उद्योग वाणिज्य महासंघको निर्वाचन स्थगित गर्न माग गर्दै जिल्ला प्रशासनमा उजुरी

उद्योग वाणिज्य महासंघको निर्वाचन स्थगित गर्न माग गर्दै जिल्ला प्रशासनमा उजुरी

नेपाल उद्योग वाणिज्य महासंघको आशन्न निर्वाचन रोक्न माग गर्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंमा उजुरी परेको छ।
 |  बिहीबार, मंसिर ४, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर ४, २०७७

काठमाडौं– नेपाल उद्योग वाणिज्य महासंघको आशन्न निर्वाचन रोक्न माग गर्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंमा उजुरी परेको छ।

निर्वाचन कानुनविपरीत भएको भन्दै रोक्ने मागसहित बिहीबार उजुरी परेको हो। महासंघको प्रदेश नम्बर २ का अध्यक्ष शिवशंकर शाहले जिल्ला प्रशासन कार्यालय काठमाडौंमा सो उजुरी दर्ता गराएका हुन्। 

उजुरीमा राष्ट्रिय निर्देशन ऐन २०१८ अन्तर्गत दर्ता भएको संस्थामा पदावधि सकिएका पदाधिकारी स्वतः अवैधानिक हुने र उनीहरूले गर्ने कुनै पनि निर्णय अवैधानिक हुने भएकोले आगामी निर्बाचन समेत अवैधानिक भएको दाबी गरिएको छ। 

महासंघ पनि सोही ऐन अन्तर्गत दर्ता भएको र सो संस्थाको प्रतिनिधिहरुको समयावधि सकिएको र निर्वाचनका समयमा तदर्थ समिति गठन गरी निर्वाचनको काम अगाडि  बढाउन सो उजुरीमा आग्रह गरिएको छ। दर्ता भएको निवेदनको बोधार्थ उनले प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय र गृह मन्त्रालयलाई समेत दिएका छन्। 

उनले निवेदनमा सदस्यहरुको सदस्यता नवीकरण नगरिएको, प्रदेश र जिल्लाको निर्वाचन नगरिएको लगायतका आरोप समेत लगाएका छन्।

 

महासंघको ५४औं वार्षिक साधारणसभा तथा निर्वाचन यही मंसिर ११, १२ र १३ गते काठमाडौंमा हुँदै छ ।

निर्वाचनका लागि किशोर प्रधान र चन्द्र ढकालले आ-आफ्नो प्यानलसहित वरिष्ठ उपाध्यक्ष पदका लागि उमेदवारी दर्ता गराएका छन् । गत चैतमा हुनुपर्ने महासंघको ५४औं साधारणसभा तथा निर्वाचन कोभिड-१९ का कारण स्थगित भएको थियो ।

प्रकाशित: Nov 19, 2020| 11:37 बिहीबार, मंसिर ४, २०७७
प्रतिक्रिया दिनुहोस्