शुक्रबार, भदौ २६, २०८३

२४ घण्टामा थपिए २ हजार १०३ संक्रमित, १७ जनाको मृत्यु

देशभर सक्रिय संक्रमितको संख्या २८ हजार १०६ रहेको मन्त्रालयले जनाएको छ।
 |  बिहीबार, मंसिर ४, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर ४, २०७७

काठमाडौं-  देशभर पछिल्लो २४ घण्टामा २ हजार १०३ जना कोरोना संक्रमित थपिएका छन्। 

बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको सूचना अनुसार थप २ हजार १०३ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै देशभर हालसम्म संक्रमितको संख्या २ लाख १५ हजार २० पुगेको छ। 

त्यस्तै  संंक्रमणका कारण पछिल्लो २४ घण्टामा १७ जनाको ज्यान गएको छ। योसँगै नेपालमा कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेकोसंख्या १ हजार २७६ पुगेको छ।

मन्त्रालयको विवरण अनुसार २४ घण्टामा २ हजार ८५८ जना संक्रमणमुक्त भएका छन्। अहिलेसम्म संक्रमणमुक्त हुनेको कुल संख्या १ लाख ८५ हजार ६३८ पुगेको छ ।  

देशभर सक्रिय संक्रमितको संख्या २८ हजार १०६ रहेको मन्त्रालयले जनाएको छ।  
 

प्रकाशित: Nov 19, 2020| 10:42 बिहीबार, मंसिर ४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।