धनगढी- कैलाली सदरमुकाम धनगढीमा हिन्दू राष्ट्र र राजसंस्थाको पक्षमा प्रदर्शन भएको छ।
राजतन्त्रको विकल्प गणतन्त्र हुन नसक्ने भन्दै राजसंस्थाको पक्षमा प्रदर्शन भएको हो। प्रदर्शनमा युवाको उपस्थिति उल्लेख्य छ। प्रदर्शनमा सहभागीले ‘राजा ल्याऊ, देश बचाऊ’ भन्दै नारा लगाएका छन्।
सुदूरपश्चिम स्वतन्त्र देशभक्त समाज नामक संस्थाको आयोजनामा धनगढीको बुद्ध चोकबाट सुरु भएको र्याली अत्तरिया पुगेर धनगढी चौराहतर्फ गएको छ।