शुक्रबार, भदौ २६, २०८३

धनुषामा कोरोना संक्रमणबाट वडाध्यक्षको मृत्यु

धनुषाधाम नगरपालिका– ६ का वडाध्यक्ष बन्देबहादुर मोक्तानको बिहीबार बिहान मृत्यु भएको छ।
 |  बिहीबार, मंसिर ४, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर ४, २०७७

काठमाडौं- धनुषामा कोरोना संक्रमणबाट एक जनप्रतिनिधिको मृत्यु भएको छ।

धनुषाधाम नगरपालिका– ६ का वडाध्यक्ष बन्देबहादुर मोक्तानको बिहीबार बिहान जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको नगरपालिका प्रमुख बालेश्वर मण्डलले जानकारी दिए।

७० वर्षीय मोक्तानकोलाई एक हप्ता पहिले ज्वरो आएपछि अस्पताल भर्ना भएका थिए। कोरोना विशेष अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको हो।

मोक्तानको गत सोमबार मात्रै कोरोना परिक्षण रिपोर्ट पोजेटिभ आएको थियो। उनी तत्कालीन एमालेबाट वडाध्यक्षमा निर्वाचित भएका थिए ।

योसँगै धनुषामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २० पुगेको छ।

प्रकाशित: Nov 19, 2020| 08:53 बिहीबार, मंसिर ४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।