शुक्रबार, भदौ २६, २०८३

आज काठमाडौंको न्यूनतम तापक्रम यस वर्षकै कम

आज काठमाडौंको न्यूनतम तापक्रम यस वर्षकै सबैभन्दा कम ५.६ डिग्री मापन गरिएको छ ।
 |  बिहीबार, मंसिर ४, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर ४, २०७७

काठमाडौं- काठमाडौं उपत्यकासहित देशभरको तापक्रम घट्दै गएको छ। 

आज काठमाडौंको न्यूनतम तापक्रम यस वर्षकै सबैभन्दा कम ५.६ डिग्री मापन गरिएको छ। बुधबार काठमाडौंको न्यूनतम तापक्रम ६ डिग्री थियो।
 
मौसमविद् मीनकुमार अर्यालका अनुसार देशभर चिसो बढ्दै जाने क्रममा रहेको छ। “तापक्रम घट्ने क्रममा छ। अब चिसो क्रमशः बढ्दै जान्छ,” मौसमविद् अर्यालले भने।

दिनभर घाम लागे पनि बिहान र बेलुका जाडो बढेको महसुुस भएको छ। मौसमविद्का अनुसार पानी परे अझै जाडो बढ्छ।  

तत्काललाई पानी पर्ने सम्भावना रहेको छैन। वर्षा गराउने उल्लेखनीय मौसमी प्रणाली देशभर नै नरहेको बताइएको छ। 

जल तथा मौसम विज्ञान विभागले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै देशका धेरै स्थानमा न्यूनतम तापक्रम घट्नाका साथै तराईका भूभागमा बिहान पारदर्शितामा कमी भई सडक तथा हवाई यातायातसमेत प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ।

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ५.६ डिग्री र अधिकतम तापक्रम २२.३ डिग्री सेल्सियस छ। 

त्यस्तै आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस २.५ डिग्री र सबैभन्दा धेरै विराटनगरको न्यूनतम तापक्रम १४ डिग्री सेल्सियस  छ।
 

प्रकाशित: Nov 19, 2020| 06:20 बिहीबार, मंसिर ४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।