शुक्रबार, भदौ २६, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कोरोना उपचार नि:शुल्क नगर्ने सरकारी अस्पताललाई कारवाही हुने 

कोरोना उपचार नि:शुल्क नगर्ने सरकारी अस्पताललाई कारवाही हुने 

कोभिड– १९ का विरामीको उपचारका लागि सूचिकृत अस्पतालले निःशुल्क उपचार नगरे कारबाही गर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चेतावनी दिएको छ। 
 |  बिहीबार, मंसिर ४, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर ४, २०७७

काठमाडौं– कोभिड– १९ का विरामीको उपचारका लागि सूचिकृत अस्पतालले निःशुल्क उपचार नगरे कारबाही गर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चेतावनी दिएको छ। 

मन्त्रालयले एक सूचना जारी गर्दै कोरोनाको उपचारका लागि  तोकिएका केही अस्पतालहरुले निशुल्क उपचार नगरेको गुनासो आएकाले त्यस्ता अस्पताललाई निशुल्क उपचारको लागि निर्देशन दिएको हो। 

मन्त्रालयले निशुल्क उपचार गर्ने अस्पताहरुलाई नियम अनुसार शोधभर्ना रकम उपलब्ध गराउने स्पष्ट पारेको छ । 

स्वास्थ्य मन्त्रालयले लक्षण देखिएका संक्रमितहरुको परीक्षण र उपचार निशुल्क गर्ने तर कोरोना बिमा गरेकाको हकमा बिमा रकमबाट कट्टा गरिने जनाएको छ । 
 

प्रकाशित: Nov 19, 2020| 08:08 बिहीबार, मंसिर ४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।