काठमाडौं– काठमाडौंको चन्द्रागिरीबाट प्रहरीले एकजना युवकलाई बलात्कारको आरोपमा पक्राउ गरेको छ।
२३ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा चन्द्रागिरी– १४, नैकाप डेरा गरी बस्ने दोलखा भिमेश्वर– १३ का ३८ वर्षीय वीरबहादुर मगर पक्राउ परेका हुन्।
महानगरीय प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो। प्रहरीले घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको जनाएको छ।