शुक्रबार, असोज ४, २०८१
  • गृहपृष्ठ
  • समाज
  • कर्णालीमा कैदी र थुनुवा पाल्न वार्षिक साढे ६ करोड खर्च

कर्णालीमा कैदी र थुनुवा पाल्न वार्षिक साढे ६ करोड खर्च

कर्णाली प्रदेशका थुनुवा र कैदी पाल्न राज्यको वार्षिक साढे ६ करोडभन्दा बढी रकम खर्च हुने गरेको छ। 
 |  बिहीबार, मंसिर ४, २०७७
nespernesper

देव राना

देव राना

बिहीबार, मंसिर ४, २०७७

सुर्खेत- कर्णाली प्रदेशका थुनुवा र कैदी पाल्न राज्यको वार्षिक साढे ६ करोडभन्दा बढी रकम खर्च हुने गरेको छ। 

triton college

प्रदेशका विभिन्न कारागारले उपलब्ध गराएको तथ्याङ्क अनुसार गत आर्थिक वर्षमा कर्णालीका कैदी र थुनुवा पाल्न ६ करोड ४६ लाख ९० हजार नौँ सय चार रुपैयाँ खर्च भएको छ। 

तथ्यांक अनुसर डोल्पा रहेका कैदी र थुनुवाको लागि सबैभन्दा बढी अर्थात एक करोड २५ लाख ६६ हजार रुपैयाँ खर्च भएको छ।

त्यस्तै जुम्ला कारागारमा एक कारोड चार लाख रुपैयाँ, सल्यान कारागारमा ५८ लाख रुपैयाँ, सुर्खेत कारागारमा एक करोड १२ लाख रुपैयाँ र कालिकोट कारागारमा ८१ लाख रुपैयाँ कैदी पोषणमा खर्च भएको सम्बन्धित कारागारा कार्यालयले जनाएका छन्।

जाजरकोट कारागारमा तीस लाख ५६ हजार तीनसय  ६४ रुपैयाँ, रुकुमपश्चिम कारागारमा ६४ लाख र दैलेख कारागारमा ६३ लाख ३३ हजार पाँचसय ४० रुपैयाँ कैदी र थुनुवाको पालन पोषणमा खर्च भएको छ।

Metro Mart
vianet

कर्णाली प्रदेशका १० जिल्लामध्ये मुगु र हुम्लामा कारागार छैनन्। कारागार नहुँदा दुबै जिल्लाका कैदीबन्दीहरूलाई जुम्ला कारागारमा राखिदै आएको छ। 

आठ जिल्लाका कारागारमध्ये सुर्खेतमा सबैभन्दा बढी कैदी र थुनुवा चाप बढी छ। शहरमा अपराधिक घटना बढी हुने भएका कारण सुर्खेतमा कैदीबन्दीको चाप बढी हुने सुर्खेत कारागारका जेलर लक्ष्मी खरेल बताउँछिन्।

जुम्ला बाहेक अन्य सबै कर्णालीका अन्य सबै कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी राख्नुपर्ने बाध्यता छ। 

क्षमताभन्दा दोब्बर कैदीबन्दी राख्नुपर्ने बाध्यताका कारण कारागारमा खाना, बस्नेदेखि शौचालय गर्दासमेत खास्ती खेप्नु परेको छ।

कैदी र थुनुवाले के–के सुविधा पाउँछन् ?

कैदी र थुनुवाको लालनपालन र स्तानान्तरणमा जस्ता कार्यमा बर्षेनी लाखौँ खर्च हुन्छ । कैदी र थुनुवा कारागार बसेदेखि उनीहरूको गास, बास र कपाससम्मको व्यवस्था राज्यले गर्छ। 

राज्यले दैनिक भत्तादेखि चाडपर्व खर्चसमेत कैदी तथा थुनुवालाई उपलब्ध गराउँछ। लत्ताकपडाको सन्दर्भमा कैदी र थुनुवाले कट्टुदेखि पेटीकोटसम्म पाउँछन्। 

महिला, पुरुष र आश्रित नावाकलकले बर्षमा दुई पटक लत्ताकपडा पाउँछन्। पुरुषको सन्दर्भमा जाडो समयमा कुर्था र सुरुवाल तथा गर्भी समयमा कट्टु र बुसर्टसमेत गरी दुई पटक, महिलाको सन्दर्भमा घोती, चोलो, आश्रित बालबालिकाले कमिज, सुरुवाल वा घाँघर, सुति कपडाको कोट, गलबन्दी र टोपी लगायतका लत्ताकपडा दिइन्छ। 

सुत्नको लागि दुई वर्षमा एक पटक पाखी, काम्लो, शिरक डसना र तन्ना जस्ता कपडा र तीन वर्षामा एक पटक सुकुल पाउने व्यवस्था छ।
थुनुवा वा कैदीले प्रतिदिन सातसय ग्राम मोटो चालम, साठी रुपैयाँ र हरेक वर्ष तीन सय रुपैयाँ चाडपर्व खर्च पाउँछन्। 

त्यस्तै आश्रित नाबालकले उमेर अनुसार सिधा पाउँछन् भने थुनुवा कैदीले पाउने सिधाको अतिरिक्त  सुत्केरीले सुत्केरी हुनुभन्दा तीन दिनअघिदेखि सुत्केरी भएको मितिले ६० दिनसम्म सातसय ग्राम मसिनो चामल, प्रतिदिन एकसय ग्राम घ्यूउ, प्रतिदिन एक सय मिलिलिटर खाने तेल, प्रतिदिन ५० ग्राम ज्वानो, सुत्केरी कपडा, पोष्टिक आहारदेखि अस्पतालमा सुत्केरी हुन पाउँछन्।  ।
 

प्रकाशित: Nov 19, 2020| 06:39 बिहीबार, मंसिर ४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।