सोमबार, भदौ २९, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • एनआईसी एशियाले ल्यायो डबल डिपोजिट मुद्दति निक्षेप योजना

एनआईसी एशियाले ल्यायो डबल डिपोजिट मुद्दति निक्षेप योजना

एनआईसी एशिया बैंकले ‘डबल डिपोजिट’ योजना ल्याएको छ।
 |  बिहीबार, मंसिर ४, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर ४, २०७७

काठमाडौं–  एनआईसी एशिया बैंकले ‘डबल डिपोजिट’ योजना ल्याएको छ। बैंकले समयको मागलाई उचित पहिचान गर्दै दीर्घकालिन रुपमा लगानी गरी उच्च र आकर्षक प्रतिफल चाहने व्यक्तिगत र संस्थागत दुवै निक्षेपकर्ता ग्राहकका लागि यो योजना ल्याएको हो। 

यस योजना अन्तर्गत व्यक्तिगत निक्षेपकर्ताको हकमा सुरुमा ‘डबल डिपोजिट’ मुद्दति निक्षेप योजनामा जम्मा गरेको रकम ७ वर्ष ७ महिनाको अवधिमा डबल हुनेछ भने संस्थागत निक्षेपकर्ताको हकमा जम्मा गरेको ८ वर्ष ८ महिनाको अवधिमा रकम डबल हुनेछ। 

यो योजनामा सहभागी हुनको लागि न्यूनतम रकम रु. १०,००० रहेको छ । ‘डबल डिपोजिट’ मुद्दति निक्षेप योजनाको समयावधि सकिएपछि प्राप्त हुने दोब्बर रकममा नियमअनुसार सम्पूर्ण आयकर कट्टा भइसकेको हुनाले ग्राहकले दोब्बर रकम नै प्राप्त गर्नेछन्। 

यस योजना अन्तर्गत ग्राहकले उक्त मुद्दति निक्षेप खातामा रहेको रकमको ९० प्रतिशतसम्म कर्जा सुविधासमेत लिन सकिने व्यवस्था छ । 
 

प्रकाशित: Nov 19, 2020| 06:20 बिहीबार, मंसिर ४, २०७७
प्रतिक्रिया दिनुहोस्