बुधबार, भदौ १७, २०८३

दराज ११.११ सेलले बनायो रेकर्ड

 |  बिहीबार, मंसिर ४, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर ४, २०७७

काठमाडौं- अनलाइन बजार दराजको ‘दराज ११.११ सेल’ ले पछिल्लो वर्षको रेकर्ड तोडेको छ।

सेल सुरु भएको पहिलो एक घण्टाभित्र २ करोड २२ लाख रुपैयाँको बिक्री दर्ता गरेको कम्पनीले जनाएकाे छ । कम्पनीका अनुसार यो गत वर्षको तुलनामा ६० प्रतिशत बढी हो।

 

 

दराजको यो सेलमा करिब ५ लाख प्रयोगकर्ताको उपस्थिति थियो। सात हजारभन्दा बढी विक्रेताले विभिन्न २८ सहरमा व्यापार गरेका थिए।

त्यस्तै वालेट र कार्डमार्फत गरिने अनलाइन पेमेन्टमा समेत गत वर्षको तुलनामा ४५ प्रतिशत वृद्धि भएको दराजले जनाएकाे छ।

 

प्रकाशित: Nov 19, 2020| 05:29 बिहीबार, मंसिर ४, २०७७
प्रतिक्रिया दिनुहोस्