बुधबार, भदौ १७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कोरोनाबाट एकैदिनमा १० हजार ८ सयको मृत्यु, कुन देशमा कतिको ज्यान गयो ?

कोरोनाबाट एकैदिनमा १० हजार ८ सयको मृत्यु, कुन देशमा कतिको ज्यान गयो ?

पछिल्लो २४ घण्टामा कोरोनाबाट सबैभन्दा धेरै अमेरिकामा मृत्यु भएको छ । जहाँ १ हजार ९ सय ५६ जनाले एकै दिनमा ज्यान गुमाएका छन् । 
 |  बिहीबार, मंसिर ४, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर ४, २०७७

काठमाडौं- विश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट पछिल्लो २४ घण्टामा १० हजार ८ सय ८४ जनाको मृत्यु भएको छ । एकै दिनमा यतिधेरै संख्यामा कोरोना संक्रमणबाट मृत्यु भएको यो पहिलो पटक हो । 

यसअघि नोभेम्बर १७ अर्थात मंगलबार १० हजार ५ सय ३६ जनाको मृत्यु भएको थियो । कोरोनाबाट हुने मृत्यु हरेक दिनजसो उकालो लाग्दै गएको छ । 

एक महिना अघि अर्थात अक्टोबर १८ मा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ४ हजार १ सय ९ थियो । पछिल्लो एक महिनामा मृत्युदर ह्वात्तै बढेको छ ।

वर्डओ मिटरका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाबाट सबैभन्दा धेरै अमेरिकामा मृत्यु भएको छ । जहाँ १ हजार ९ सय ५६ जनाले एकै दिनमा ज्यान गुमाएका छन् । 

यस्तै पछिल्लो २४ घण्टामा ब्राजिलमा ७ सय ५४, इटालीमा ७ सय ५३, पोल्यान्डमा ६ सय ३, भारतमा ५ सय ८७, बेलायतमा ५ सय २९, इरानमा ४ सय ८०, रुसमा ४ सय ५७, फ्रान्समा ४ सय २४ जनाको कोरोनाबाट मृत्यु भएको छ । 

अमेरिका र युरोपका देशकहरुमा पछिल्लो एक महिनायता संक्रमण र मृत्युदर ह्वात्तै बढेको छ । 

जोन हपकिन्स विश्वविद्यालयका अनुसार अहिलेसम्म विश्वरभर कोरोनाबाट १३ लाख ४७ हजार ७ सय ७८ जनाको. मृत्यु भएको छ । ५ करोड ६१ लाख ६६ हजारभन्दा धेरै संक्रमित भएका छन् । 

सबैभन्दा धेरै संक्रमित र मृत्यु अमेरिकामा भएको छ । जहाँ १ करोड १५ लाख १७ हजार भन्दा बढी संक्रमित भएका छन् भने २ लाख ५० हजार ४ सय २६ जनाको मृत्यु भएको छ । 

प्रकाशित: Nov 19, 2020| 02:00 बिहीबार, मंसिर ४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।