बुधबार, भदौ १७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • पार्टी एकताले पूर्णता नपाउँदै समानान्तर दस्तावेज राम्रो होइन : मुख्यमन्त्री पोखरेल

पार्टी एकताले पूर्णता नपाउँदै समानान्तर दस्तावेज राम्रो होइन : मुख्यमन्त्री पोखरेल

काठमाडौं- सतारुढ दल नेकपाका स्थायी कमिटी सदस्य एवं लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले एउटै दस्तावेज बनाउने काममा गम्भीर हुन पार्टी सचिवालयका सदस्यहरुलाई आग्रह गरेका छन्।
 |  बुधबार, मंसिर ३, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर ३, २०७७

काठमाडौं- सतारुढ दल नेकपाका स्थायी कमिटी सदस्य एवं लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले एउटै दस्तावेज बनाउने काममा गम्भीर हुन पार्टी सचिवालयका सदस्यहरुलाई आग्रह गरेका छन्। उनले १० दिनको समयलाई एउटै दस्तावेज बनाउने काममा सदुपयोग गर्न आग्रह गरेका हुन्। 

'पार्टी एकताको भावनाविपरीत आएको एकल प्रस्ताव फिर्ता गरेर साझा प्रस्ताव बनाउनुपर्नेमा सचिवालय बैठकले प्रधामन्त्री समेत रहेका प्रथम अध्यक्षलाई बैठकमा अर्को प्रस्ताव ल्याउन समय दिएछ,' उनले सामाजिक सञ्जालमा लेखेका छन्, 'पार्टी एकताले पूर्णता नपाउँदै समानान्तर दस्ताबेज एकतातर्फको बाटो अवश्य होइन।'

उनले १० दिनको समयलाई एउटै दस्तावेज बनाउने काममा सदुपयोग गर्न सचिवालयका सदस्यहरु गम्भीर बन्नुपर्ने भन्दै अन्यथा महासचिवको भनिएको सार्वजनिक प्रस्तावले लखेट्न सुरु गर्ने टिप्पणी गरेका छन् ।

नेकपाको आज बसेको सचिवालय बैठकमा प्रधानमन्त्रीले अर्का अध्यक्षले पेश गरेको प्रस्तावको वास्तविकता र सत्यता सहित आफूले पनि प्रस्ताव ल्याउने भनेपछि सचिवालयले १० दिनको समय दिएको छ।

१३ मंसिरमा बस्ने अबको बैठकमा दाहालको प्रस्ताव र ओलीले समेत प्रस्तुत गर्ने प्रस्तावका बारेमा छ्लफल हुनेछ। आजको बैठकले १८ मंसिरमा स्थायी कमिटी र २५ देखि केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय पनि गरेको छ।

प्रकाशित: Nov 18, 2020| 13:55 बुधबार, मंसिर ३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।