बुधबार, भदौ १७, २०८३

दुर्घटनामा दुईको मृत्यु

पूर्व–पश्चिम राजमार्गअन्तर्गत झापाको बिर्तामोडमा भएको सवारी दुर्घटनामा परी बुधबार दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्। 
 |  बुधबार, मंसिर ३, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर ३, २०७७

झापा-  पूर्व–पश्चिम राजमार्गअन्तर्गत झापाको बिर्तामोडमा भएको सवारी दुर्घटनामा परी बुधबार दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्। 

मृत्यु हुनेमा मे २ प ४८४७ नं को मोटरसाइकलमा सवार बुद्धशान्ति गाउँपालिका–३ का ११ वर्षीय दिप्सन कँडेल छन् भने अर्का मृतकको परिचय खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता राकेश थापाले बताए। 

उनका अनुसार मोटरसाइकलमा पछाडि बस्ने सोही वडाकी ३९ वर्षीया सावित्रा कँडेल र ३१०२०४२ प ७९८२ नम्बरको ‘अनटेस्ट’ लेखिएको अर्को मोटरसाइकलका चालक अर्जुनधारा नगरपालिका–११ बस्ने २२ वर्षीय गगन तामाङ छन्।  उनीहरु दुवैको बीएन्डसी हस्पिटलमा उपचार भइरहेको छ।

सुरुमा पश्चिमबाट पूर्व आउँदै गरेको मे २ प ४८४७ नं को मोटरसाइकल र विपरीत दिशाबाट आइरहेको ३१०२०४२ प ७९८२ नं को ‘अनटेस्ट’ लेखिएको मोटरसाइकलमा एकापसमा ठक्कर खाई अनियन्त्रित भई पल्टिएका थिए। 

सोही समयमा पश्चिमबाट आइरहेको ना ६ ख ३३५० नं को ट्रकले उक्त मोटरसाइकललाई ठक्कर दिँदा उनीहरुको घटनास्थलमै मृत्यु भएको प्रवक्ता थापाले बताए। 

ट्रक चालक फरार रहेका छन् भने ट्रकलाई प्रहरीले नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय अनारमनीमा राखिएको छ। -रासस 

प्रकाशित: Nov 18, 2020| 09:33 बुधबार, मंसिर ३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।