काठमाडौं– सत्तारुढ दल नेकपाको स्थायी कमिटी बैठक मंसिर १८ गतेका लागि तय भएको छ।
१३ गते सचिवालय बैठक बस्ने भएकाले स्थायी कमिटी बैठक त्यसपछिका लागि डाकिएको हो।
त्यसैगरी केन्द्रीय कमिटी बैठक २५ मंसिरमा बस्ने भएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।
यसअघि केन्द्रीय कमिटी बैठक १५ गते बस्ने तय भएको थियो।