काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली पुनः शीतलनिवास पुगेका छन्।
पार्टी विवाद उत्कर्षमा पुगेका बेला प्रधानमन्त्री ओली अहिले करिब साढे १० बजे शीतलनिवास पुगेका हुन्।
अहिले राष्ट्रपति विद्यादेवी भण्डारीसँगा प्रधानमन्त्री परामर्शमा रहेको स्रोतले बतायो।
यसअघि मंगलबार नेकपाका अध्यक्ष पुष्पकमल दाहालले राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेलगत्तै प्रधानमन्त्री ओलीले चिनियाँ राजदूत हाउ यान्छीलाई भेटेर राति राष्ट्रपतिसँग भेटवार्ता गरेका थिए।
नेकपाभित्रको विवाद उत्कर्षमा पुगेका बेला राष्ट्रपति भण्डारीले बढाएको सक्रियतालाई चासोका साथ हेरिएको छ।