बुधबार, भदौ १७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • नेकपा विवाद उत्कर्षमा पुगेका बेला चिनियाँ राजदूतले भेटिन् प्रधानमन्त्री ओलीलाई

नेकपा विवाद उत्कर्षमा पुगेका बेला चिनियाँ राजदूतले भेटिन् प्रधानमन्त्री ओलीलाई

सत्तारुढ दल नेकपाभित्रको विवाद उत्कर्षमा रहेका बेला चिनियाँ राजदूत हाउ यान्छीको सक्रियता पुनः बढेको छ।  
 |  बुधबार, मंसिर ३, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर ३, २०७७

काठमाडौं– सत्तारुढ दल नेकपाभित्रको विवाद उत्कर्षमा रहेका बेला चिनियाँ राजदूत हाउ यान्छीको सक्रियता पुनः बढेको छ।  

उनले मंगलबार राति प्रधानमन्त्री केपी शर्मा ओलीसँग बालुवाटारमा डेढघन्टा लामो भेटवार्ता गरेकी छिन्। 

नेकपा भित्र देखिएको पछिल्लो विवादमा छलफल केन्द्रीत रहेको बालुवाटार स्रोतले जनाएको छ।

राजदूत यान्छी प्रधानमन्त्री भेट्न बालुवाटार पुग्नुलाई चासोका साथ हेरिएको छ। नेकपामा विवाद चर्किएको बेला नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले सक्रियता बढाउदै आएकी छिन्। यसअघि जेठ र असारमा चर्किएको विवादमा पनि उनको सक्रियता चर्चामा थियो।

सचिवालय बैठकमा अध्यक्ष पुष्पकमल दाहालले एकल राजनीतिक प्रस्ताव पेश गरेपछि नेकपाभित्रको विवाद पुनः चुलिएको छ। 

त्यसै विषयमा छलफल भएको बुझिएको छ। नेकपा सचिवालयको आजको बैठक रोक्नुपर्ने पक्षमा ओली समूह छ भने बहुमत सदस्य समूह बैठक कुनै पनि हालतमा बस्ने अडानमा छ।

प्रकाशित: Nov 18, 2020| 03:17 बुधबार, मंसिर ३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।