बुधबार, भदौ १७, २०८३

कोरोना संक्रमणबाट नेकपा नेता भुसालको मृत्यु 

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बाँकेका नेता चन्द्र भुसालको कोरोना भाइरसकाे सङ्क्रमणबाट मृत्यु भएको छ। 
 |  बुधबार, मंसिर ३, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर ३, २०७७

बाँके-  नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बाँकेका नेता चन्द्र भुसालको कोरोना भाइरसकाे सङ्क्रमणबाट मृत्यु भएको छ। 

कोहलपुर नगरपालिका(५, बाँके निवासी ५८ वर्षीय नेता भुसालको शिक्षण अस्पताल कोहलपुरबाट थप उपचारका लागि भेरी अस्पतालमा ल्याई भर्ना गर्ने क्रममा साँझ ५ः१५ बजे मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना स्रोत व्यक्ति नरेश श्रेष्ठले जानकारी दिए।

उनका अनुसार मुटुसम्बन्धी रोगबाट ग्रसित भुसाललाई कात्तिक ३० गते कोरोना सङ्क्रमण पुष्टि भएपछि होम आइसोलेशनमै रहेका थिए। थप उपचारको लागि भेरी अस्पताल ल्याई भर्ना हुन जाने क्रममा उनको निधन भएको हो। 

मृतक भुसाल नेकपा बाँके जिल्ला कमिटी सदस्य थिए । नेकपा बाँकेका अध्यक्ष आइपी खरेलले भुसालको निधनले नेकपाले एक कुशल नेता गुमाएको बताए। 

यो सँगै बाँकेमा कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या ३७ पुगेको छ भने बाहिरी जिल्लाबाट बाँकेका अस्पतालमा उपचारको क्रममा आई ३८ जनाको मृत्यु भएको छ। 

प्रकाशित: Nov 18, 2020| 01:25 बुधबार, मंसिर ३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।