शुक्रबार, भदौ ५, २०८३

एमाले सांसदको आरोप - नेपाललाई नै कालोसूचीमा पार्ने प्रयासमा सरकार

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसद खगराज अधिकारीले सरकारले नेपाललाई नै कालोसूचीमा पार्ने प्रयास गरिरहेको आरोप लगाएका छन्।
 |  सोमबार, असोज ११, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, असोज ११, २०७८

काठमाडौं- प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसद खगराज अधिकारीले सरकारले नेपाललाई नै कालोसूचीमा पार्ने प्रयास गरिरहेको आरोप लगाएका छन्।

सरकारले ल्याएको बजेट अध्यादेश प्रतिस्थापन विधेयकमा लुटिएका करिब २१-२२ अर्ब कालोधनलाई वैधानिकता दिने गरी प्रावधान ल्याएको भन्दै उनले अब नेपाललाई नै सरकारले कालोसूचीमा पार्ने प्रयास गरिरहेको आरोप लगाएका हुन्।

प्रतिनिधिसभा बैठकबाट बाहिरिने क्रममा सोमबार उनले सञ्‍चारकर्मीमाझ भने, ‘हुँदाहुँदा लुटिएका झण्डैझण्डै २१-२२ अर्ब अन्तराष्ट्रिय कानुनसमेत आतंककारी कानुनसमेत आकर्षित हुने कानुनलाई समेत उल्लंघन गरेर यो देशलाई नै कालोसूचीमा पार्ने गम्भीर बाटोमा सरकार गइरहेको छ।’

सांसद अधिकारीले सरकारले दलीय व्यवस्थालाई नै समाप्त पार्न अवरुद्ध संसद्‌लाई सूचारु गराउन पहल नगरेको तर्कसमेत गरे।


 

प्रकाशित: Sep 27, 2021| 17:32 सोमबार, असोज ११, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...