शुक्रबार, भदौ ५, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • कांग्रेस महामन्त्रीले भने - माधव नेपालसहित १४ सांसदलाई कारबाही गर्न सकिँदैन

कांग्रेस महामन्त्रीले भने - माधव नेपालसहित १४ सांसदलाई कारबाही गर्न सकिँदैन

सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले सभामुख अग्‍नीप्रसाद सापकोटाले माधव नेपालसहितका १४ जना सांसदहरुलाई पदमुक्त गराउने प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको माग सम्बोधन गर्न नसक्ने बताएका छन्।
 |  सोमबार, असोज ११, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, असोज ११, २०७८

काठमाडौं- सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले सभामुख अग्‍नीप्रसाद सापकोटाले माधव नेपालसहितका १४ जना सांसदहरुलाई पदमुक्त गराउने प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको माग सम्बोधन गर्न नसक्ने बताएका छन्।

महामन्त्री कोइरालाले अध्यादेशबाट दल विभाजन भइसकेको अवस्थामा सभामुख सापकोटाले नेपालसहितका सांसदहरुलाई पदमुक्त गराउनुपर्ने नेकपा एमालेको माग पूरा गर्न नसक्ने प्रतिक्रिया दिएका हुन्। 

प्रतिनिधिसभा बैठकबाट बाहिरिने क्रममा सोमबार सञ्‍चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले भने, ‘उनीहरुले के भन्छन् भने माधवकुमार नेपालसहित जति पनि मान्छेहरु छन्, उनीहरुलाई निष्कासन गर्नुस् । त्यो त सभामुखले गर्न सक्नु हुन्‍न। यसैमा विरोध भइरहेको छ। हाम्रो धारणा के हो भने अब विधेयक आइसकेको छ। २० प्रतिशतले टुक्रयाउन चाहन्छ भने टुक्रिन्छ। ती पार्टीहरु टुक्रियो। जुन विरोधमा आएको छ। त्यही अनुसार 'फलो' गर्नुपर्छ ।’

महामन्त्री कोइरालाले मुलुकमा राजनीतिक स्थिरता कायम गर्न राजनीतिक दलसम्बन्धी अध्यादेश प्रतिस्थापन गर्न सरकारले विधेयक ल्याउन लागेको पनि बताए। 

प्रकाशित: Sep 27, 2021| 17:19 सोमबार, असोज ११, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...