काठमाडौं- सोमबार नेपालमा १ हजार २८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। १५ हजार ४८८ जनाको परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो।
पछिल्लो २४ घण्टामा विभिन्न प्रयोगशालाबाट प्राप्त नतिजा अनुसार पीसीआर परीक्षणबाट ९७५ जना र एन्टिजेन परीक्षणबाट ३०७ जनामा संक्रमण पुष्टि भएको हो।
मन्त्रालयका अनुसार २४ घण्टामा १ हजार २६२जना कोरोना मुक्त भएका छन्। कोरोनाबाट ७ जनाको मृत्यु भएको छ।
हालसम्म नेपालमा ७ लाख ६२ हजार ४१६ जना संक्रमणमुक्त भएका छन् भने ११ हजार १०३ जना कोराना संक्रमितको मृत्यु भएको छ।