बिहीबार, माघ १, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • पुन: मतगणनापछि आइसल्यान्डको संसद्‌मा महिला सांसदको बहुमत नभएको पुष्टि

पुन: मतगणनापछि आइसल्यान्डको संसद्‌मा महिला सांसदको बहुमत नभएको पुष्टि

युरोपियन मुलुक आइसल्यान्डको संसद् इतिहासमै पहिलो पटक बहुमत महिला सांसद्‌ भएको दाबी गरिए पनि मतगणना पुन: गरिएपछि महिला सांसद्को बहुमत नभएको पुष्टि भएको छ।
 |  सोमबार, असोज ११, २०७८

बीबीसी

बीबीसी

सोमबार, असोज ११, २०७८

रेकजाविक- युरोपियन मुलुक आइसल्यान्डको संसद् इतिहासमै पहिलो पटक बहुमत महिला सांसद्‌ भएको दाबी गरिए पनि मतगणना पुन: गरिएपछि महिला सांसद्को बहुमत नभएको पुष्टि भएको छ। 

National life

शनिबार सार्वजनिक गरिएको मतपरिणाम अनुसार ६३ सिटको संसद्‌मा ३३ जना अर्थात ५२ प्रतिशत महिला निर्वाचित बताइएको थियो। तर, पुन: मतगणना गरिएपछि भने ३० जना महिला सांसद्ले मात्रै जित हात पारेको पाइएको छ। पुन: मतगणनापछि आइसल्यान्डको संसद्‌मा ४७.६ प्रतिशत मात्रै महिला सांसद्हरु रहेको पुष्टि गरिएको बीबीसीले जनाएको छ।

युरोपियन मुलुकको कुनै पनि संसद्‌मा हालसम्म बहुमत महिला सांसद्हरु छैनन्। इन्टर-पार्लियामेन्ट्रि युनियनको तथ्यांक अनुसार स्वीडेनको संसद्‌मा ४७ प्रतिशत महिला सांसद्हरु रहेका छन्। 

यसअघि गरिएको मतपरिणाम अनुसार आइस्ल्यान्डमा थप तीन महिला सांसद्हले जित हात पारेको बताइएको थियो। तर, पुन: मतगणना गर्दा भने पुरुष सांसद्‌हरुको नै बहुमत भएको पाइएको हो। 

अन्य मुलुकमा जस्तो आइसल्यान्डमा महिला कोटा सम्बन्धनमा कुनै कानुनी प्रावधान राखिएको छैन। तर, केही पार्टीहरुले भने कम्तिमा पनि केही प्रतिशत महिला उम्मेदवार हुनैपर्ने व्यवस्था गरिएको छ। 

Laxmi sunrise bank
kumari

आइसल्यान्डमा विगत लामो समयदेखि लैंगिक समानताका सूचकमा राम्रो प्रदर्शन गर्दै आएको छ। वर्ल्ड इकोनमिक फोरमको पछिल्लो रिपोर्ट अनुसार आइसल्यान्ड लैंगिक समानताका मामिलामा १२ औं स्थानमा रहेको छ।

आइसल्यान्डमा महिला र पुरषका लागि बराबर सुत्केरि बिदा दिने गरिएको छ भने महिला र पुरुषको तलब पनि बराबर तोकिएको छ। महिला र पुरुषालाई समान ज्याला दिनुपर्ने कानुन आइसल्यान्डमा सन् १९६१ मा निर्माण गरिएको थियो। 

विश्वमै पहिलो महिला राष्ट्रपति निर्वाचित गर्ने मुलुक पनि आइसल्यान्ड हो। सन् १९८०मा आइसल्यान्डमा पहिलो महिला राष्ट्रपति निर्वाचित भएकी थिइन्। 

आइसल्यान्डमा त्यस बेला सबैभन्दा कम उमेर २१ वर्षको महिला सांसद् लेन्या रन ताहा करिम निर्वाचित भएकी थिइन्। रुवान्डाको तल्लो सदनमा भने ६१ प्रतिशत महिला सांसद्हरु रहेका छन्। क्युबामा ५३.४ प्रतिशत, निकारागुआमा ५०.६ प्रतिशत, मेक्सिको र संयुक्त अरब इमिरेट्समा ५० प्रतिशत महिला सांसद्हरु रहेका छन्।  

बेलायतको संसद्मा जम्मा ३४.२ प्रतिशत महिला सांसद्हरु छन् भने अमेरिकामा २७.६ प्रतिशत महिला सांसद्हरुको सहभागिता रहेको छ। 

प्रकाशित: Sep 27, 2021| 16:20 सोमबार, असोज ११, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।