सोमबार, कात्तिक १७, २०८२

माओवादीको केन्द्रीय समिति बैठक २० गते बस्ने

 |  आइतबार, कात्तिक १६, २०८२

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक १६, २०८२

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को केन्द्रीय समितिको बैठक यही कात्तिक २० गते बस्ने भएको छ।

Kumaribank

पेरिसडाँडाथित पार्टी कार्यालयमा आज बसेको सचिवलय बैठकले सोमबार बस्ने भनिएको बैठक २० गतेका लागि सारेको हो । शुक्रबार बसेको सचिवालय बैठकले सोमबारका लागि  बैठक तय गरेको थियो। 

माओवादी केन्द्रले नेकपा (एकीकृत समाजवादी) सँग पार्टी एकता गरेर संयुक्त बैठक कात्तिक २० गते बस्ने निर्णय गरेको हो।

आजको बसेको सचिवालय बैठकले एकीकृत समाजवादीसहितका वाम घटकसँग एकता गर्ने निर्णय अनुमोदन गर्दै संयुक्त अधिवेशन गर्ने निर्णय गरेको नेता अग्निप्रसाद सापकोटाले जानकारी दिनुभयो । शुक्रबारको सचिवालय बैठकले माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी), महेन्द्रराय यादवको जनता समाजवादी पार्टी, एमालेमा विद्रोह गरेका नेता प्रेमबहादुर सिंह, राजु कार्की नेतृत्वको नेकपा (समाजवादी) र सुवाष काफ्ले नेतृत्वको जनसमाजवादीसँग जतिसक्दो चाँडो एकता गर्ने निर्णय गरेको थियो। 

प्रकाशित: Nov 02, 2025| 19:40 आइतबार, कात्तिक १६, २०८२
प्रतिक्रिया दिनुहोस्