शुक्रबार, भदौ ५, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • अध्यादेश फिर्ता गर्न गठबन्धनमा छलफल, मन्त्रिपरिषद्ले आजै निर्णय गर्ने

अध्यादेश फिर्ता गर्न गठबन्धनमा छलफल, मन्त्रिपरिषद्ले आजै निर्णय गर्ने

प्रधानमन्त्री शेरबहादुर देउवाले राजनीतिक दलसम्बन्धीको अध्यादेश फिर्ता गर्नेबारे सत्तापक्षीय गठबन्धनका नेताहरुबीच छलफल भइरहेको छ।
 |  सोमबार, असोज ११, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, असोज ११, २०७८

काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवाले राजनीतिक दलसम्बन्धीको अध्यादेश फिर्ता गर्नेबारे सत्तापक्षीय गठबन्धनका नेताहरुबीच छलफल भइरहेको छ। 

संसद् भवनमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल र कांग्रेसकी सचेतक पुष्पा भुसाललगायतबीच अध्यादेश फिर्ता सम्बन्धमा छलफल भइरहेको छ। 

सोमबार ४ बजे मन्त्रिपरिषद् बैठक बस्दै छ। सोही बैठकले संसद् अधिवेशन अन्त्य गर्ने विषयमा सिफारिस गर्ने र अध्यायदेश फिर्ताबारे सिफारिस गर्ने निर्णय हुनसक्ने बताइएको छ। 

प्रतिनिधि सभाको बैठक सकिएरपछि संसद्‌ भवनबाट बाहिरिने क्रममा सोमबार प्रधानमन्त्री देउवाले पनि राजनीतिक दलसम्बन्धी अध्यादेश फिर्ता गर्नेबारे सल्लाह भइरहेको जानकारी दिए।

यसअघि पनि अध्यादेश फिर्ताबारे प्रधानमन्त्री देउवाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा(एस)का अध्यक्ष माधवकुमार नेपाल र जसपाका नेता तथा कांग्रेस संसदहरूसँग छलफल गरेका थिए।

जसपाका अध्यक्ष यादवले यसअघि दल विभाजनसम्बन्धी अध्यादेश फिर्ता भएपछि मात्रै मन्त्रीहरुको नाम पठाउने अडान राखेका थिए। असार २९ गते गठन भएको सरकारले हालसम्म मन्त्रिपरिषद् विस्तार गर्न नसकेको भन्दै आलोचना भइरहेको छ। 

प्रकाशित: Sep 27, 2021| 15:55 सोमबार, असोज ११, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...