शुक्रबार, कात्तिक २८, २०८२

मेलम्चीमा रोकिएन बाढी, ४६ घर र दुई पुल बगे

सिन्धुपाल्चोक प्रहरी प्रमुख राजन अधिकारीले बाढीले हेलम्बुका २२ पक्की र २४ कच्ची घर बगाएको जानकारी दिए। यसअघिको बाढीबाट यी घरमा क्षति पुगेको थियो। बाढीले मेलम्ची–हेलम्बु जोड्ने चनौटेको रातो पुल बगाएको छ। पुल बगेसँगै हेलम्बुसँग सडक सम्पर्क टुटेको छ।
 |  सोमबार, साउन १८, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, साउन १८, २०७८

काठमाडौं– मेलम्चीमा आएको बाढीले ४६ घर र दुई पुल बगाएको छ। लेदो माटो, ढुंगा र काठ मिसिएर आएको बाढीले हेलम्बु क्षेत्रमा थप भौतिक क्षति पुर्‍याएको हो। हेलम्बु क्षेत्रमा शनिबार राति भारी वर्षा भएपछि बाढी आएको थियो। शनिबार साँझदेखि मेलम्चीमा सुरु भएको बाढी आउने क्रम रोकिएको छैन।  

National life

आसपासका स्थानमा कटान गरिरहेको छ। मध्यपहाडी लोकमार्गअन्तर्गत बाहुनेपाटीको पुलमा थप क्षति पुर्‍याएको स्थानीय बासिन्दाले बताए। मेलम्ची बजारको मध्य भागमै बाढी पसेको छ भने बजारमा पुग्ने सबै बाटा बन्द भएका छन्।

सिन्धुपाल्चोक प्रहरी प्रमुख राजन अधिकारीले बाढीले हेलम्बुका २२ पक्की र २४ कच्ची घर बगाएको जानकारी दिए। यसअघिको बाढीबाट यी घरमा क्षति पुगेको थियो। बाढीले मेलम्ची–हेलम्बु जोड्ने चनौटेको रातो पुल बगाएको छ। पुल बगेसँगै हेलम्बुसँग सडक सम्पर्क टुटेको छ।

अघिल्लो बाढीमा जोगिएको यो पक्की पुल (ट्रस  ब्रिज) आइतबार बिहान बगेको हो। शनिबार रातभर मेलम्ची यो पक्की पुलमाथिबाट बगेको थियो। अघिल्लो बाढीबाट मेलम्ची–हेलम्बु करिडोरमा भएकामध्ये यो पुलमात्र बग्नबाट बचेको थियो। गाउँपालिका र स्थानीयको प्रयासमा जाली गारो र ढुंगाले सहयोग दिएर यो पुल जोगाउने प्रयास भइरहेका बेला पुनः अर्को बाढी आएको हो। बाढीले चनौटे बजारमा बढी क्षति गरेको छ।

अघिल्लो बाढीपछि क्षति पुगेका अधिकांश घर खाली थिए। बाढीले ल्याएको लेदो माटो र ढुंगा पन्छाएपछि केही घरमा मात्र स्थानीय बस्न थालेका थिए। धेरै घर खाली रहेको र बसोबास भएका घरका स्थानीयले पनि समयमै छोडेकाले मानवीय क्षति भने हुन पाएन। बाढीले ग्याल्थुम बजार जोड्ने झोलुंगे पुलसमेत बगाएको छ। 

Laxmi sunrise bank
kumari
तालामाराङको प्रहरी चौकी बाढीको जोखिममा परेपछि सुरक्षाकर्मी अन्यत्र सरेका छन्। मेलम्ची वारपार भएर नदीको दुवैतिर कटान गर्दै बगिरहेको छ।

बाढी चनौटे बजार भएर बगिरहेको छ। यसअघिको बाढी पनि यही बजारबाट बगेको थियो। खोलालाई पुरानै धारमा फर्काएर बजार जोगाउन प्रयास भइरहेको थियो। बाढीले यसअघि जोगिएका ग्याल्थुम र तालामाराङ बजार जोखिममा परेको प्रहरीले जनाएको छ। 

तालामाराङको प्रहरी चौकी बाढीको जोखिममा परेपछि सुरक्षाकर्मी अन्यत्र सरेका छन्। मेलम्ची वारपार भएर नदीको दुवैतिर कटान गर्दै बगिरहेको छ। यसअघि गत असार १ गते हेलम्बु गाउँपालिका–१ भ्रेमाथाङबाट आएको पहिरोका कारणले मेलम्ची खोलामा बाढी आउँदा झन्डै ३० किलोमिटर तल मेलम्ची बजारसम्म ठूलो जनधनको क्षति पुगेको थियो।  

त्यसबेला बाढीबाट पाँचजनाको मृत्यु भएको थियो। अझै २० जना बेपत्ता छन्। बाढीले अम्बाथान, तिम्बु, चनौटे र पुरानो मेलम्ची बजार तहसनसह बनाएको थियो। बाढीले तत्लो तटीय क्षेत्रका तीन सय ३७ घरमा क्षति पुर्‍याउनुको साथै सात पक्की, १४ झोलुंगे पुल, ३२ विद्यालय भवन र १० ट्राउट माछा फार्म बगाएको थियो।

उक्त बाढीबाट मेलम्ची नगरापालिका र हेलम्बु गाउँपालिकाका तीन सय ३४ घर परिवार विस्थापित भएका थिए भने दुई सय ७७ घरपरिवार बाढीको प्रत्यक्ष जोखिममा परेका थिए। 

प्रकाशित: Aug 02, 2021| 07:51 सोमबार, साउन १८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।