शनिबार, चैत ७, २०८२

शिक्षक दरबन्दी मिलान अन्तिम चरणमा, कात्तिकभित्रै सरुवा गरिसक्ने केन्द्रको दाबी

शिक्षा तथा मानव स्रोत विकास केन्द्रले शिक्षक दरबन्दी मिलानको काम अन्तिम चरणमा पुगेको जनाएको छ।
 |  सोमबार, असोज ११, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, असोज ११, २०७८

काठमाडौं- शिक्षा तथा मानव स्रोत विकास केन्द्रले शिक्षक दरबन्दी मिलानको काम अन्तिम चरणमा पुगेको जनाएको छ। केन्द्रले स्थानीय तहसँग समन्वय गरेर शिक्षक रिक्त विवरण अद्यावधिक गरेसँगै दरबन्दी मिलानको काम अघि बढाएको जनाएको हो।

National life

केन्द्रले दरबन्दी मिलानको काम ७७ वटै जिल्ला शिक्षा तथा समन्वय एकाइ र ७५३ वटै स्थानीय तहले शिक्षकलाई सरुवा गर्ने प्रक्रिया सुरु गरेको केन्द्रका सूचना अधिकारी माधवप्रसाद दाहालले जानकारी दिए। 

केन्द्रले २०७२ असोज ३ यता जिल्लाअन्तर सरुवा भई आएका स्थायी शिक्षक तथा बाँकी शिक्षकको नामनामेसी, कार्यरत विद्यालय, स्थानीय तह र कनिष्ठको सूचीसमेत तयार गरी अद्यावधिक गर्न स्थनीय तहलाई निर्देशन दिएको थियो।

शिक्षक दरबन्दी तथा मिलान कार्यविधि २०७६ अनुसार हिमाल, पहाड तथा तराइको लागि शिक्षक विद्यार्थी अनुपात क्रमशः चालीस, पैँतालीस र पचासलाई स्थानीय तहको शिक्षकको मौजुदा अवस्था र आवश्यकता पहिचानको आधारमा दरबन्दी पुर्नवितरण गर्ने भनिएको छ। तर, साबिकमा व्यवस्था रहेको प्राथमिक, निम्न माध्यमिक, माध्यमिक र उच्च माध्यमिक शिक्षाको संरचना अनुसार नभई अहिले परिवर्तित विद्यालय शिक्षाको संरचना अनुसार मिलान गर्न शिक्षा नियमावलीमा नै परिवर्तन गर्नुपर्ने भएकाले शिक्षक सेवा आयोगले नियमावली संशोधन गरेर मात्रै दरबन्दी मिलान गर्न सकिने जनाएको छ।

प्रकाशित: Sep 27, 2021| 13:37 सोमबार, असोज ११, २०७८
प्रतिक्रिया दिनुहोस्