शुक्रबार, असोज ४, २०८१
  • गृहपृष्ठ
  • समाज
  • सुर्खेतमा डेंगुको प्रकोप, एक महिनामै चार सयभन्दा बढीलाई संक्रमण

सुर्खेतमा डेंगुको प्रकोप, एक महिनामै चार सयभन्दा बढीलाई संक्रमण

संक्रमितमध्ये अधिकांश वीरेन्द्रनगरका छन्।
 |  सोमबार, कात्तिक २४, २०७७
nespernesper

देव राना

देव राना

सोमबार, कात्तिक २४, २०७७

सुर्खेत– सुर्खेतमा डेंगु रोगको संक्रमण बढेको छ। पछिल्लो एक महिनाको अवधिमा ४१७ जनामा डेंगुको संक्रमण भएको छ। 

triton college

स्थायी ठेगानाका आधारमा सुर्खेतका ३०३ जना, दैलेखका ६ जना, जाजरकोटका तीन जना, सल्यानका चार जना र रुकुम पश्चिमका एक जना संक्रमित छन्। यद्यपि संक्रमित सबै लामो समयदेखि सुर्खेतमै बसोबास गर्दै आएकाहरु हुन्।

संक्रमितमध्ये अधिकांश वीरेन्द्रनगरका छन्। वीरेन्द्रनगरका ३९७ जनामध्ये वडा नं. ६ का मात्रै २२३ जना छन्। वडा नं. ६ मुख्य बजार क्षेत्र हो। त्यस्तै सुर्खेतकै भेरीगंगाका सात जना, पञ्चपुरीका ६ जना र लेखबेशीका चार जनामा डेंगु संक्रमण भएको छ।

कुल संक्रमितमध्ये ३४९ जनालाई पछिल्लो दुई हप्ताको अवधिमा संक्रमण भएको हो। जिल्ला जनस्वास्थ्य कार्यालय सुर्खेतका अनुसार पछिल्लो समय वीरेन्द्रनगरमा डेंगुको संक्रमण तीव्र देखिएको छ।

लामखुट्टेको वृद्धिका लागि उपयुक्त मौसम भएका कारण पनि डेंगुको संक्रमण तीव्र रुपमा फैलिएको हो। पूर्ण तथ्याङ्क संकलन भइनसकेका कारण डेंगु संक्रमितको संख्या अझ बढ्न सक्ने महामारी रोग फोकल पर्सन उदयबहादुर विसीले जानकारी दिए।

Metro Mart
vianet

पछिल्लो समय वीरेन्द्रनगरका घरघरमै डेंगु फैलिएको कार्यालयले जनाएको छ। कुनै घरमा परिवारका सबै सदस्यलाई पनि डेंगु संक्रमण भएको छ। सुर्खेतमा डेंगुको संक्रमण फैलिन थालेपछि जनस्वास्थ्य कार्यालयले संक्रमितको पूर्ण तथ्याङ्क संकलन थालेको छ। वीरेन्द्रनगरका विभिन्न अस्पताल तथा क्लिनिकहरुबाट संक्रमितको तथ्याङ्क संकलन भइरहेको छ।

वीरेन्द्रनगरका वडा नम्बर १ देखि १२ नम्वर वडाका संक्रमित सबैभन्दा धेरै छन्। अधिकांशलाई पहिलो पटक र केहीलाई दोस्रो पटक डेंगु देखिएको हो। त्यस्तै दैलेख, जाजरकोट र सल्यानमा पनि डेंगु दुई–चार जनामा संक्रमण देखिएको छ।

डेंगुको संक्रमण फैलिएपछि वीरेन्द्रनगरका नर्सिङ होम तथा मेडिकलमा बिरामीको चाप बढेको छ। सुर्खेत अस्पताल, देउती अस्पताल र माया नर्सिङ होममा दैनिक नयाँ डेंगु संक्रमित उपचारका लागि आउने गरेको सम्बन्धित अस्पतालहरुले जनाएका छन्। 

वीरेन्द्रनगरमा पछिल्लो दुई हप्ता धेरै डेंगु संक्रमित थपिएको प्रदेश अस्पताल सुर्खेतका फिजिसिएन डा. केएन पौडेलले जानकारी दिए। कोरोनासँग मिल्दाजुल्दा लक्षण भएपछि उपचारका लागि आउने अधिकांश बिरामीलाई डेंगु देखिएको डाक्टर पौडेलले जनाए।

वीरेन्द्रनगरमा डेंगु संक्रमित बढ्न थालेपछि जनस्वास्थ्य कार्यालय र वीरेन्द्रनगर नगरपालिकाले पानी जम्मा हुने खाल्डाखुल्डी, सार्वजनिक स्थान तथा लामखुट्टेको सम्भावित वासस्थानमा सरसफाइ गरेका छन्। दसैंअघि नै वडा नं. ६ मा पानीका खाल्डाखुल्डी पुर्ने र ट्याङ्की तथा पानी जम्मा हुने स्थानमा सरसफाइ गरिएको जनस्वास्थ्य कार्यालयले जनाएको छ।

डेंगुको संक्रमण अझै बढ्न सक्ने भन्दै पानी राख्ने ट्याङ्की, प्रयोगविहीन गाडी तथा मोटरसाइकलका टायर, कुलर तथा पानी राख्ने अन्य भाँडाबाट पानी हप्ता दिनमा घोप्ट्याउने अभियान नै थाल्नुपर्ने कार्यालयले जनाएको छ।

लामखुट्टे मार्ने किटनासक औषधिको प्रयोग तथा गमला, ट्याङ्की र कुलरजस्ता पानी राखिने भाडाँमा लामखुट्टेले सन्तान फैलाउने भन्दै हप्ता दिनमा पानी फेर्न कार्यालयको अनुरोध छ।

प्रकाशित: Nov 09, 2020| 10:31 सोमबार, कात्तिक २४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।