काठमाडौं- नेपाल सरकार मन्त्रिपरिषद् बैठक आज बस्दै छ। साँझ ४ बजे सिंहदरबारमा बैठक बस्न लागेको हो।
आजको बैठकले संसद् अधिवेश अन्त्यका लागि राष्ट्रपति समक्ष सिफारिस गर्न सक्ने सत्तासाझेदार दलका एक नेताले जानकारी दिए।
आइतबार बसेको गठबन्धनको बैठकमा संसद् अधिवेशन स्थगित गरेर राजनीतिक दलसम्बन्धी अध्यादेश निष्कृय बनाउने र मन्त्रिपरिषद् विस्तार गर्ने सहमती भएको थियो। सोही सहमति बमोजिम सरकारले संसद्को चालु अधिवेश अन्त्यका लागि सिफारिस गर्ने तयारी गरेको हो।
आज नै संसद्बाट बजेटसम्बन्धी अध्यादेशको काम सकेर अधिवेशन टुंग्याउने सहमति भएको थियो। संसद्ले बजेटसम्बन्धी विधेयकको काम टुंग्याएसँगै अधिवेशन पनि अन्त्य गर्न सकिने गठबन्धनको बुझाइ छ।