कुरा सन् १९९६ को हो, जोन सिम्पसन बीबीसीको रिपोर्टिङका लागि आफ्नो सहयोगीका साथ अफगानिस्तानको जलालाबाद गइरहेका थिए। उनी कान्धाहारबाट जाँदै थिए। त्यही बेला केही मानिसले उनलाई त्यहाँ निकै ठूलो जाम छ, सहरको बीचमा हजारौंको भीड छ, भीडको बीचमा सायद ट्रक वा स्टेजमा कोही मानिस उभिएको छ भनेर सुनाए।
उनी तालिबानका प्रमुख मुल्ला मोहम्मद उमर थिए। उनको हातमा इस्लामको एक प्रकारको वश्त्र थियो। त्यहाँ उपस्थित मानिस जोसका साथ नारा लगाइरहेका थिए। उनीहरूले आफूले बाँधेको पगडी मुल्ला उमरतिर उडाइरहेका थिए। उनीहरू चाहन्थे– आफ्नो पगडीले मुल्लाह मोहम्मदको हातमा रहेको पगडीलाई छुन सकोस्।
त्यही दिन मुल्ला उमरलाई त्यहाँ रहेका मानिसले अमीर अल मोमिनीन अर्थात् म्सलमानको सरदारको उपाधि दिएका थिए। जोन सिम्पसन पहिले लुकेर भिडियो बनाइरहेका थिए। उनले सबैको नजर केवल चोगेको तर्फ रहेको देखे। सपछि उनले आफ्नो क्यामरालाई निकालेर रेकर्डमा छाडिदिए।
भीडले उनको क्यामेरामा ध्यानै दिएन। यसरी पहिलो पटक मुल्ला उमरको पहिलो भिडियो बाहिरिएको थियो ।
मुला उमर हुन् या उनका उत्तराधिकारी वा तालिबान नेता, सबै तस्बिर खिचाउन वा भिडियो बनाउनबाट बच्ने गरेका थिए। यसको कारण धार्मिक मान्यता रहेको बताइन्छ।
जोन सिम्पसनले धार्मिक मान्यताका कारण तालिबानको यस्तो धारणा रहेको बताएका छन्। उनी त्यो समयमा केही तालिबान नेता भने इन्टरभ्यू दिने र टिभिमा प्रशारणका लागि पनि अनुमति दिने गरेको बताउँछन्।
उनी भन्छन्, ‘एक नेताले मलाई सोधेका थिए। तर, मैले उनलाई केवल उनको हातको भिडियो खिचिरहेको बताएको थिएँ। उनी चिया पिइरहेका थिए। र, उनले आफ्नो शरीरको कुनै भाग भिडियोमा आउन नहुने चेतावनी दिएका थिए।’
अर्का नेताले पनि आफूलाई कम्मर मुनीको भाग मात्रै खिच्न भनेको जोन स्मरण गर्छन्। उनले धर्ममा कम्मर मुनीको भागमात्रै खिच्न छुट भएको बताएको उनी सम्झन्छन्।
अगस्ट २०२१ मा अफगानिस्तानमा तालिबान सरकार गठनपछि भने तालिबान नेताको तस्बिर सार्वजनिक भइरहेको छ। तालिबान क्याविनेटका थुप्रै नेताको भिडियो तथा तस्बिर बाहिरिरहेका छन्।
तालिबानले तत्कालिन प्रखुम मुल्ला हसन अखुन्दको तस्बिर २०१६ मा उनको मृत्युपछि मात्रै सार्वजनिक गरेको थियो ।
जोन सिम्पसनले धार्मिक मान्यताका कारण तालिबानको यस्तो धारणा रहेको बताएका छन्। उनी त्यो समयमा केही तालिबान नेता भने इन्टरभ्यू दिने र टिभिमा प्रशारणका लागि पनि अनुमति दिने गरेको बताउँछन्।
इस्लामलाई मान्ने केही समूह जीवित चिजको तस्बिर वा मूर्ति बनाउनुलाई गैरइस्लामी मान्यता ठान्छन्। तालिबानका केही ठूला नेताको तस्बिर नहुनु यो पनि एउटा कारण मान्न सकिन्छ।
सन् २००० मा लेखिएको एक किताबमा तालिबान मिलिटेन्ट इस्लाम ओयल एन्ड फन्डामनेटलिज्म इन सेन्ट्रल एशियाका लेखक अहमद रशीलले तालिबानले तस्बिर खिच्नुलाई धार्मिक मान्ताको खिलाफ मान्ने उल्लेख छ।
हक्कानी नेटवर्कका वर्तमान प्रमुख तथा अफगानिस्तानमा तालिबानका अन्तरिम सरकारका गृह मन्त्री सिराजुद्दीन हक्कानीको अहिलेसम्म अनुहार स्पष्ट देखिने एउटा तस्बिर पनि सार्वजनिक भएको छैन। २०१० मा सैन्य कमान्डरका रुपमा अलजजीराले इन्टरभ्यू लिएको थियो। उनको एउटा भिडियो छ, त्यसमा उनले अनुहार सलले छोपेका छन् र अनुहारको कुनै भाग पनि देखिएको छैन।
उनको यस तस्बिरको आधारमा थुप्रै स्केच बने। यसको प्रयोग अमेरिकी एजेन्सीले उनलाई समात्नका लागि र उनको जानकारी लिनका लागि प्रयोग गरेका थिए ।
हक्कानी नेटवर्कका संस्थापक जलालुद्दीन हक्कानीका थुप्रै तस्बिर सार्वजनिक भएका छन्। त्यसैले अहमद रशीदको भनाइ अनुसार हक्कानी धार्मिक विश्वासका साथै सुरक्षाका कारण तस्बिर खिच्न चाहन्नथे।
अहमद रशीदका अनुसार सिराजुद्दीन हक्कानी सार्वजनिक हुन चाहन्नथे। किनकि अमेरिकाले उनको टाउकाको मूल्य एक करोड डलर तोकेको थियो ।
पत्रकार हारुन रशीद मुल्ला उमरको सरकार हुँदा तस्बिर खिच्न प्रतिवन्ध रहेको बताउँछन्। पत्रिकामा पनि कुनै तस्बिर छापिन्थेन। पछि सामाजिक सञ्जाल आइसकेपछि तालिबानले सैन्य उद्देश्यका लागि त्यसलाई प्रयोग गरेको पाइन्छ।
अहिले भने नचाहेर पनि तालिबानले तस्बिर खिच्नु परिरहेको छ। हाल तालिबानका प्रमुख हसन अखुन्दजादा र प्रवक्ता जबीहुल्ला मुजाहिदको तस्बिर सार्वजनिक भइसकेको छ। अहिले उनीहरू चाहेर पनि आफूहरूका तस्बिर रोक्न सक्दैनन्।