मंगलबार, फागुन २६, २०८२

युरोपको पहिलो संसद् जहाँ छन् बहुमत महिला सांसद्

यो मतपरिणाम सन् २०१७ को तुलनामा ९ सिट भएको बीबीसीले जनाएको छ। अन्य कुनै पनि युरोपियन मुलुकमा ५० प्रतिशतभन्दा बढी महिला सहभागी भएको संसद् छैन।
 |  आइतबार, असोज १०, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, असोज १०, २०७८

रेकजाविक- युरोपियन मुलुक आइसल्यान्डको संसद् इतिहासमै पहिलो पटक बहुमत महिला सांसद्‌ भएको संसद् बन्‍ने भएको छ। अन्तरिम मतपरिणाम अनुसार ६३ सिटको संसद्‌मा ३३ जना अर्थात ५२ प्रतिशत महिला निर्वाचित हुने बताइएको छ। 

National life

यो मतपरिणाम सन् २०१७ को तुलनामा ९ सिट भएको बीबीसीले जनाएको छ। अन्य कुनै पनि युरोपियन मुलुकमा ५० प्रतिशतभन्दा बढी महिला सहभागी भएको संसद् छैन। 

इन्टर-पार्लियामेन्ट्रि युनियनको तथ्यांक अनुसार स्वीडेनको संसद्‌मा ४७ प्रतिशत महिला सांसद्हरु रहेका छन्। अन्य मुलुकमा जस्तो आइसल्यान्डमा महिला कोटा सम्बन्धनमा कुनै कानुनी प्रावधान राखिएको छैन। तर, केही पार्टीहरुले भने कम्तिमा पनि केही प्रतिशत महिला उम्मेदवार हुनैपर्ने व्यवस्था गरिएको छ। 

आइसल्यान्डमा विगत लामो समयदेखि लैंगिक समानताका सूचकमा राम्रो प्रदर्शन गर्दै आएको छ। वर्ल्ड इकोनमिक फोरमको पछिल्लो रिपोर्ट अनुसार आइसल्यान्ड लैंगिक समानताका मामिलामा १२ औं स्थानमा रहेको छ।

आइसल्यान्डमा महिला र पुरषका लागि बराबर सुत्केरि बिदा दिने गरिएको छ भने महिला र पुरुषको तलब पनि बराबर तोकिएको छ। महिला र पुरुषालाई समान ज्याला दिनुपर्ने कानुन आइसल्यान्डमा सन् १९६१ मा निर्माण गरिएको थियो। 

Laxmi sunrise bank
kumari

विश्वमै पहिलो महिला राष्ट्रपति निर्वाचित गर्ने मुलुक पनि आइसल्यान्ड हो। सन् १९८०मा आइसल्यान्डमा पहिलो महिला राष्ट्रपति निर्वाचित भएकी थिइन्। 

आइसल्यान्डमा त्यस बेला सबैभन्दा कम उमेर २१ वर्षको महिला सांसद् लेन्या रन ताहा करिम निर्वाचित भएकी थिइन्। रुवान्डाको तल्लो सदनमा भने ६१ प्रतिशत महिला सांसद्हरु रहेका छन्। क्युबमा ५३.४ प्रतिशत, निकारागुआमा ५०.६ प्रतिशत, मेक्सिको र संयुक्त अरब इमिरेट्समा ५० प्रतिशत महिला सांसद्हरु रहेका छन्।  

बेलायतको संसद्मा जम्मा ३४.२ प्रतिशत महिला सांसद्हरु छन् भने अमेरिकामा २७.६ प्रतिशत महिला सांसद्हरुको सहभागिता रहेको छ। 

प्रकाशित: Sep 26, 2021| 22:00 आइतबार, असोज १०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।