मंगलबार, फागुन २६, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • इजरायलद्वारा प्यालेस्टिनी नेतृ खालिदा जरार दुई वर्षपछि रिहा

इजरायलद्वारा प्यालेस्टिनी नेतृ खालिदा जरार दुई वर्षपछि रिहा

प्यालेस्टिनी लेजिस्लेटिभ काउन्सिलकी सदस्यसमेत रहेकी वामपन्थी नेतृ जरारलाई इजरायली अधिकारीहरुले आइतबार दिउँसो रिहा गरेर जेनिन सरहको पश्‍चिम चेक पोइन्ट सलेममा छोडेका हुन्।
 |  आइतबार, असोज १०, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, असोज १०, २०७८

जेरुसलेम- इजरायलले प्यालेस्टिनी राजनीतिज्ञ तथा नागरिक अभियन्ता खालिदा जरारलाई दुई वर्षपछि रिहा गरेको छ। ५८ वर्षीया जरार आइतबार दुई वर्षपछि इजरायली जेलबाट रिहा भएकी हुन्। 

National life

प्यालेस्टिनी लेजिस्लेटिभ काउन्सिलकी सदस्यसमेत रहेकी वामपन्थी नेतृ जरारलाई इजरायली अधिकारीहरुले आइतबार दिउँसो रिहा गरेर जेनिन सरहको पश्‍चिम चेक पोइन्ट सलेममा छोडेका हुन्। 

गत जुलाईमा जरारकी ३१ वर्षीया छोरी सुहाको स्वास्थ्य अवस्थामा आएको समस्याका कारण मृत्यु भएको थियो। आफ्नो आमाको रिहाइका लागि सार्वजनिक अपिल गरिरहेकी सुहाको रमाल्लाहमा मृत्यु भएको थियो। 

छोरीको मृत्यु संस्कारमा सहभागी हुनका लागि जरारको रिहाइका लागि अपिल गरिएको भए पनि इजरायल सरकारले भने अस्वीकार गरेको थियो। उनी आइतबार नै आफ्नो छोरीको शव राखिएको रमाल्लाह क्षेत्रमा जाने अपेक्षा गरिएको छ। 

इजरायली सेनाले जरालाई सन् २०१९ को अक्टोबर ३१ मा उनको घरबाटै पक्राउ गरेको थियो। उनी करिब २० महिना हिरासतमा बसेर रिहा भएको आठ महिनामा दोस्रो पटक पक्राउ परेकी थिइन्। 

Laxmi sunrise bank
kumari

उनले अवैधरुपमा संगठनहरु बनाएर राजनीतिक गतविधि गरेको आरोपमा उनलाई पक्राउ गरिएको थियो। इजरायलले प्यालेस्टाइनमा रहेका करिब ४०० राजनीतिक संघसंगठनहरुलाई अवैध घोषणा गरेको छ। 

प्रकाशित: Sep 26, 2021| 23:05 आइतबार, असोज १०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।