शुक्रबार, साउन ८, २०८३

नयाँ चान्सलर चुन्‍न जर्मनीमा मतदान सुरु

सन् १९९० मा मुलुक पुन:एकीकरण भएपछि मर्केल चान्सलरमा फेरि प्रतिस्पर्धा नगरेको यो पहिलो निर्वचान हो। करिब १६ वर्ष चान्सलर पद सम्हालेकी एंगेला मर्केलले एक बोल्ड युरोपियन नेतृको छवि बनाएकी थिइन्।
 |  आइतबार, असोज १०, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, असोज १०, २०७८

बर्लिन- जर्मनीमा नयाँ चान्सलर चुन्‍नका लागि आइतबार मतदान सुरु भएको छ। मुलुकको आगामी सरकार र चान्सलर छनोटका लागि निलो आकाशमा लागेको चर्को घाममा १० लाखौं जर्मनीहरु मतदानस्थलतर्फ अघि बढेका छन्। 

सन् १९९० मा मुलुक पुन:एकीकरण भएपछि मर्केल चान्सलरमा फेरि प्रतिस्पर्धा नगरेको यो पहिलो निर्वचान हो। करिब १६ वर्ष चान्सलर पद सम्हालेकी एंगेला मर्केलले एक बोल्ड युरोपियन नेतृको छवि बनाएकी थिइन्। 

अबको निर्वचानबाट नयाँ सरकार चुनिएसँगै 'मर्केल एरा' पनि सकिने छ। जर्मनका राष्ट्रपति फ्र्यांक-वाल्टर स्टेनमियरले नागरिकहरुलाई आफ्नो मत प्रयोग गरेर आफ्नो आवाजलाई बुलन्द पार्न आग्रह गरेका छन्। 

उनले बलियो लोकतन्त्र र उत्कृष्ट भविष्यका लागि मतदान गर्न अपिल गरेका छन्। मर्केलको उत्तराधिकारीका लागि विशेषगरी तीनजना प्रतिस्पर्धामा देखिएका छन्। जसमा एक महिला छन् भने दुई पुरुष छन्। 

प्रकाशित: Sep 26, 2021| 21:04 आइतबार, असोज १०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।