सोमबार, भदौ १५, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • कोरोना बिमाको दाबी भुक्तानी सात दिनभित्रै गर्न अर्थ मन्त्रालयकाे निर्देशन

कोरोना बिमाको दाबी भुक्तानी सात दिनभित्रै गर्न अर्थ मन्त्रालयकाे निर्देशन

अर्थ मन्त्रालयले कोरोना बिमा दाबी गरेका बिमितहरुले पाउनु पर्ने रकम सबै बिमितहरुलाई एक हप्ताभित्र भुक्तानी दिन बिमा कम्पनीहरुलाई निर्देशन दिएको छ।
 |  मंगलबार, कात्तिक १८, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक १८, २०७७

काठमाडौं— अर्थ मन्त्रालयले कोरोना बिमा दाबी गरेका बिमितहरुले पाउनु पर्ने रकम सबै बिमितहरुलाई एक हप्ताभित्र भुक्तानी दिन बिमा कम्पनीहरुलाई निर्देशन दिएको छ।

बिमितबाट पीसीआर परीक्षण प्रतिवेदन पोजिटिभ भएको प्रमाण पेस भएपछि बिमालेख अनुसार दिनुपर्ने सबै रकम एक साताभित्रै दिन अर्थले निर्देशन दिएको हो।

अर्थमन्त्री विष्णुप्रसाद पौडेलको उपस्थितिमा अर्थमन्त्रालय भएको बैठकपछि एक हप्ताभित्र बिमा रकम भुक्तानी गर्ने कार्यको समन्वय र अनुगमन बिमा समितिले गर्ने र दाबी भुक्तानीको दैनिक प्रतिवेदन अर्थ मन्त्रालयमा पठाउन पनि समितिलाई मन्त्रालयले निर्देशन दिएको छ।

अर्थ मन्त्रालयका रामेश्वर दंगालका अनुसार कोरोना बिमा दाबी भुक्तानी सम्बन्धमा सेवाग्राहीबाट आएका गुनासा सुनुवाइ गरी समस्या समाधानका लागि सम्बन्धित बिमा कम्पनीलाई निर्देशन दिन हटलाइन टेलिफोन सहितको हेल्प डेस्क सञ्चालन पनि हुने भएको छ।

प्रकाशित: Nov 03, 2020| 14:09 मंगलबार, कात्तिक १८, २०७७
प्रतिक्रिया दिनुहोस्