सोमबार, भदौ १५, २०८३

दुई महिनामा ३८ जनालाई हिमाल आरोहणको अनुमति 

पर्यटन विभागले दुई महिनाको अवधिमा पाँच समूहका ३८ जनालाई विभिन्न हिमाल आरोहणको अनुमति दिएको छ। 
 |  मंगलबार, कात्तिक १८, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक १८, २०७७

काठमाडौं– पर्यटन विभागले दुई महिनाको अवधिमा पाँच समूहका ३८ जनालाई विभिन्न हिमाल आरोहणको अनुमति दिएको छ। 

सरकारले हिमाल आरोहण खुला गरेसँगै १९ भदौमा लकडाउनपछि पहिलो पटक एउटा समूहका ६ जनालाई आरोहण अनुमति जारी गरेको थियो।  

पछिल्लो पटक १६ कात्तिकमा ७१२६ मिटर अग्लो हिमलुङ हिमाल आरोहणका लागि पाँच जनाको एउटा समूहले अनुमति पाएको छ। 

कतारका राजकुमारसहितको समूह ६८१४ मिटर अग्लो अमादब्लम हिमाल आरोहणका लागि आएको छ। यो समूहमा ६ जना छन्।

पर्यटन विभागका अनुसार ६१५१ मिटर अग्लो ग्लाल्जेन पीक आरोहणका लागि तीन जनाको समूहले अनुमति लिएको छ। 

अनुमति पाएका ३८ मध्ये २४ जनाले हिमाल आरोहण गरिसकेका छन्। आरोहण अनुमतिबाट २३ लाख ६० हजार रुपैयाँ रोयल्टी उठेको छ।

यसमध्ये सबैभन्दा बढी १९ लाख ६ हजार रुपैयाँ बहराइनका राजकुमारसहितको १८ जनाको टोलीले तिरेको थियो। 
 

प्रकाशित: Nov 03, 2020| 05:58 मंगलबार, कात्तिक १८, २०७७
प्रतिक्रिया दिनुहोस्