सोमबार, भदौ १५, २०८३

तेस्रो वर्ष पनि सेल दराज ११-११ हुँदै

काठमाडौं- अनलाइन  सपिङ बजार  दराज आफ्नो वार्षिक ११-११ सेल यस नोभेम्बर ११, २०२० (कात्तिक २६) मा आयोजना गर्ने तयारीमा रहेको छ ।
 |  मंगलबार, कात्तिक १८, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक १८, २०७७

काठमाडौं- अनलाइन  सपिङ बजार  दराज आफ्नो वार्षिक ११-११ सेल यस नोभेम्बर ११, २०२० (कात्तिक २६) मा आयोजना गर्ने तयारीमा रहेको छ ।

अलीबाबाको ११-११ चीनबाट सुरु भइ अहिले विश्वको धेरै देशहरुमा मनाइने गरिन्छ । ११-११ मा ग्राहकहरुले मेगा डिल, फ्ल्यास सेल्स, बैंक डिस्काउन्ट,निस् शुल्क डेलिभरी, भौचरहरु र अन्य मार्फत ६ हजारभन्दा बढी बिक्रेताहरू र  १६० भन्दा बढी राष्ट्रिय र अन्तर्राष्ट्रिय आधिकारिक ब्रान्डहरुले बेच्दै आएका ५ लाखभन्दा बढी उत्पादनहरुमा धेरै भन्दा धेरै छुट पाउनेछन् ।

 यस वर्षको ११-११ सेलमा ग्राहकहरुले साझेदार बैंकहरूको डेबिट र क्रेडिट कार्डमार्फत समान अर्डर गर्दा २०५० देखि ३००० सम्मको छुट पाउने दराजले जनाएको छ ।

यसको लागि नबिल बैंक, एनआईसी एसिया, सानिमा बैंक, ग्लोबल आईएमई बैंक, एनएमबी बैंक, मेगा बैंक, नेपाल बंगलादेश बैंक, कुमारी बैंक, लक्ष्मी बैंक, सेन्चुरी बैंक र हिमालयन बैंकका कार्डधारकहरू योग्य छन्। 

 

 

११-११ मा ग्राहकहरुले (दराज वन रुपैयाँ गेम), (एड टु कार्ट एण्ड विन), (मिसन ११ ११), र (डिएफजी लुडो प्रतियोगिता) जस्ता रमाइलो गेमहरुमा भाग लिएर आकर्षक पुरष्कारहरु जित्ने मौका पनि पाउने कम्पनीले जनाएको छ । 

प्रकाशित: Nov 03, 2020| 05:01 मंगलबार, कात्तिक १८, २०७७
प्रतिक्रिया दिनुहोस्