सोमबार, भदौ १५, २०८३

तीन दिनमा थपियो १८ अर्ब निक्षेप, कर्जा ३ अर्ब कम 

दसैंको एक हप्तामा वाणिज्य बैंकहरुको निक्षेप १८ अर्ब रुपैयाँले बढेको छ भने कर्जा ३ अर्ब रुपैयाँ घटेको छ। 
 |  सोमबार, कात्तिक १७, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक १७, २०७७

काठमाडौं– दसैंको एक हप्तामा वाणिज्य बैंकहरुको निक्षेप १८ अर्ब रुपैयाँले बढेको छ भने कर्जा ३ अर्ब रुपैयाँ घटेको छ। 

नेपाल बैंकर्स संघका अनुसार कात्तिक ७ देखि १४ गतेसम्ममा वाणिज्य बैंकहरुको निक्षेपमा भारी वृद्धि भएको हो। कात्तिक ६ गते वाणिज्य बैंकहरुको निक्षेप ३६ खर्ब १५ अर्ब रहेकोमा १४ गतेसम्ममा ३६ खर्ब ३३ अर्ब रुपैयाँ पुगेको छ।

कात्तिक ६ गतेसम्म खुलेका बैंकहरुमा कात्तिक ७ गतेदेखि ११ गतेसम्म दसैं बिदा थियो। कात्तिक १२ गतेदेखि खुलेको बैंकमा जम्मा ३ दिनमा १८ अर्ब रुपैयाँ निक्षेप थपिएको संघले जनाएको छ। 

सरकारी जागिरे तथा निजी क्षेत्रमा काम गर्ने पनि कतिपयले दसैं खर्चबापत थप एक महिनाको तलब पाएको र कोरोनाका कारण खर्च गर्ने ठाउँ नहुँदा धेरैजसोले बचत गरेकोले बचतमा वृद्धि भएको संघले जनाएको छ। 

त्यस्तै कर्जातर्फ भने ३ दिनमा ३ अर्ब रुपैयाँले कमी आएको छ। कात्तिक ६ गते ३० खर्ब २३ अर्ब रुपैयाँ रहेको कर्जा लगानी कात्तिक १४ गते तीन अर्ब रुपैयाँले कमी आई ३० खर्ब २० अर्ब रुपैयाँमा झरेको संघले जनाएको छ। 
 

प्रकाशित: Nov 02, 2020| 11:40 सोमबार, कात्तिक १७, २०७७
प्रतिक्रिया दिनुहोस्