शुक्रबार, भदौ ५, २०८३

१० बुँदेबारे छलफल गर्न एमालेले बोलायो स्थायी कमिटी बैठक

पार्टी एकताका लागि भन्दै गरिएको १० बुँदे सहमति पालना नभएको भन्दै एमालेभित्र तीव्र असन्तुष्टि बढेपछि स्थायी कमिटी बैठक बोलाएको छ।
 |  आइतबार, असोज १०, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, असोज १०, २०७८

काठमाडौं- पार्टी एकताका लागि भन्दै गरिएको १० बुँदे सहमति पालना नभएको भन्दै एमालेभित्र तीव्र असन्तुष्टि बढेपछि स्थायी कमिटी बैठक बोलाएको छ।

आइतबार सम्पन्न केन्द्रीय कमिटी बैठकमा भीम रावललगातका नेताहरूले १० बुँदे सहमति कार्यान्वयन नभएको भन्दै असन्तुष्टि पोखेको भन्दै यसबारे छलफल गर्न सोमबार स्थायी कमिटी बैठक बोलाइएको एमाले नेता प्रदीप ज्ञवालीले जानकारी दिए। 

'१०बुँदेका विषयमा छलफल गर्न स्थायी कमिटी बैठक बोलाएको छ। बेठक सोमबार ११ बजे बस्नेछ,' नेता ज्ञवालीले भने। 

नेकपा एमालेको केन्द्रीय समिति बैठक भने आइतबार सकिएको छ। शुक्रबारबाट सुरु भएको बैठक विधान महाधिवेशनसँग सम्बन्धित तीन दस्तावेज पारित गर्दै आइतबार सकिएको हो।

छलफलका क्रममा उठेका प्रश्नहरुको अध्यक्ष केपी शर्मा ओली, महासचिव इश्वर पोखरेल र उपमहासचिव विष्णु पौडेलले जवाफ दिएका थिए। एमाले विधान महाधिवेशन असोज १५ बाट गोदावारीमा सुरु हुँदैछ। विधान महाधिवेशनमा ५ हजार प्रतिनिधि सहभागी हुने आकलन गरिएको एमालेले जनाएको  छ। 

प्रकाशित: Sep 26, 2021| 18:30 आइतबार, असोज १०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...