शनिबार, चैत ७, २०८२

बीपीका विशेषज्ञ चिकित्सकले बिरामी नै हेरेनन्

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा जनशक्ति भएर पनि त्यहाँको स्वास्थ्य अवस्था अन्यन्तै नाजुक र गुणस्तरहीन भएको पाइएको छ।
 |  आइतबार, असोज १०, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, असोज १०, २०७८

काठमाडौं– बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा जनशक्ति भएर पनि त्यहाँको स्वास्थ्य अवस्था अन्यन्तै नाजुक र गुणस्तरहीन भएको पाइएको छ। 

National life

नेपाल मेडिकल काउन्सिलले प्रतिष्ठानमा पुगेर तयार गरेको प्रतिवेदन अनुसार प्रतिष्ठानको स्वास्थ्य अवस्था गुणस्तरहीन भएकाले सेवाग्राहीले दुख पाएको उल्लेख छ। 

प्रतिष्ठानको गुणस्तरहीन सेवाका कारण सेवाग्राहीले अन्य अस्पतालमा रिफर भएर जानुपर्ने अवस्था रहेको प्रतिवेदनमा उल्लेख छ। 

प्रतिष्ठानमा आएका बिरामीमध्ये प्रतिदिन १५- २० जना बिरामी रिफर गर्ने गरेको पाइएको हो। काउन्सिल र चिकित्सा शिक्षा आयोगको टोलीले भदौ २ देखि ५ गतेसम्म प्रतिष्ठानमा निरीक्षण गरेको थियो।

सो क्रममा निरीक्षण टोलीले प्रत्यक्ष रुपमा सम्बन्धित स्थानमा ओपीडी, वार्ड, ल्याब, आकस्मिक कक्षको अवलोकन र अध्ययन, सरोकारवाला सेवाग्राहीहरुसँग छलफल र अन्तरक्रिया, सेवा प्रदान गरिरहेका स्वस्थ्यकर्मीहरुसँग छलफल र अन्तरक्रिया गरेको थियो। 

Laxmi sunrise bank
kumari

प्रतिष्ठानका विशेषज्ञहरुले खासै बिरामी नहेर्ने र आवासीय चिकित्सकहरुले मात्र बिरामी जाँच गर्ने गरेको प्रतिवेदनमा उल्लेख छ।

प्रतिवेदन अनुसार प्रतिष्ठानको व्यवस्थापन  कमजोरीका कारण अस्पतालको रेडियोलोजी तथा ल्याबको सेवा तल्लोस्तरमा पुगेको छ भने रेडियोलोजी तथा डेन्टल सेवा पनि दयनीय रहेको प्रतिवेदनको निष्कर्ष छ।

प्रकाशित: Sep 26, 2021| 18:21 आइतबार, असोज १०, २०७८
प्रतिक्रिया दिनुहोस्