शुक्रबार, भदौ ५, २०८३

तीन दिन चलेको एमाले केन्द्रीय कमिटीले पास गर्‍यो यी तीन प्रतिवेदन

नेकपा एमालेले विधान महाधिवेशनमा पेस गर्ने तीन प्रस्ताव पारित गरेको छ। विधान महाधिवेशनमा पेस गर्ने राजनीतिक प्रतिवेदन, सांगठनिक प्रतिवेदन र विधान संशोधन प्रस्ताको प्रतिवेदन पारित गरेको सचिव योगेश भट्टराईले जानकारी दिए।
 |  आइतबार, असोज १०, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, असोज १०, २०७८

काठमाडौं- नेकपा एमालेले विधान महाधिवेशनमा पेस गर्ने तीन प्रस्ताव पारित गरेको छ। विधान महाधिवेशनमा पेस गर्ने राजनीतिक प्रतिवेदन, सांगठनिक प्रतिवेदन र विधान संशोधन प्रस्ताको प्रतिवेदन पारित गरेको सचिव योगेश भट्टराईले जानकारी दिए। 

तीन दिनसम्म चलेको एमाले केन्द्रीय कमिटीको बैठकले अध्यक्ष ओलीले पेस गरेको राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलले पेस गरेको सांगठनिक प्रतिवेदन र उपमहासचिव विष्णु पौडेलले पेस गरेको विधान संशोधन प्रस्तावसम्बन्धी प्रतिवेदन पास गरेको भट्टराईले जानकारी दिए।

'विधान महाधिवेशनमा ५ हजार प्रतिनिधि हुने अनुमान गरिएको छ। विदेशबाट पनि प्रतिनिधि आउने छन्,' भट्टराईले भने, 'अहिले ठ्याक्कै यकिन गरिएको संख्या होइन। तर हामीले बनाएका मापदण्डका आधारमा गरिएको अनुमान हो।'

एमाले विधान महाधिवेशन असोज १५ गते ११ बजे गोदावारीको सनराइज हलमा सुरु भई तीन दिनसम्म चल्ने यसअघि नै एमालेले निर्णय गरिसकेको छ। 

विधान महाधिवेशनमा केन्द्रीय कमिटी, केन्द्रीय निकाय सबै आयोग, केन्द्रीय सल्लाहकार, ज्येष्ठ कम्युनिस्ट मञ्च, प्रदेश कमिटीका सबै सदस्य प्रतिनिधि बन्नेछन्। यस्तै प्रत्येक केन्द्रीय विभागबाट ५ जना, प्रत्येक जनसंगठनबाट १० जना, जिल्ला कमिटीका पदाधिकारी, निर्वाचन क्षेत्रबाट २ जना, प्रत्येक जिल्लाबाट कम्तीमा १ दलित पनि प्रतिनिधि बन्नेछन्।

त्यस्तै, संघ र प्रदेशका सबै सांसद, पालिकाका प्रमुख/उपप्रमुख, एकता र एकीकरणमा सामेल भएका सबैलाई सम्मानजनक प्रतिनिधित्व हुने गरी प्रतिनिधि सहभागी गराइने उनको भनाइ छ। यस्तै १० प्रतिशतको संख्यामा मनोनयनसमेत गरिने भट्टराईले जानकारी दिए। 

प्रकाशित: Sep 26, 2021| 18:03 आइतबार, असोज १०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...